News Portal

  • <<< गजल >>>

    हिमाली संचार संवाददाता
    ६०९ पटक

    – अन्जानयात्री विश्वप्रकाश

    अछुतो कुजातमा म चल्न सक्दिन
    दिप झै अतीतमा म बल्न सक्दिन

    छि पानी छोएको नचल्ने समाजमा
    कुसंस्कारको रितमा झेल्न म सक्दिन

    मिठोघात उपहार दिएर रमाई छौँ हो
    पाखाण्डिको जितमा म बोल्न सक्दिन

    बहकिएर लेखी दिन्छु धेरै कहिल्यै
    यी शब्दहरु गितमा म ढल्न सकिन

    जिन्दगी भरका खेपेका वेदनाहरुलाई
    सदैव छु भयभीतमा म खोल्न सक्दिन

    कुप्रथा बिभेदला दाहासंस्कार नगरी
    आखिँ भै प्रितमा म मिल्न सक्दिन

    – बुङदिकाली ३ रकुवा नवलपुर
    प्रदेश नम्बर ४ गण्डकी प्रदेश

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ९ को राशिफल

    आज भदौ ९, २०८२ (अगस्त २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    तीजमा पशुपतिनाथका सबै ढोका खुला, दर्शन र सुरक्षामा विशेष व्यवस्था

    काठमाडौं, भदौ ८ – हरितालिका तीजको अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा मन्दिर...

    बजार जान निस्केकी रुबी सुटकेसभित्र मृत भेटिइन्, आमासँगको अन्तिम संवाद यस्तो

    रौतहट, भदौ ८ – माधव नारायण नगरपालिका–२ कि २६ वर्षीया रुबीकुमारी साह शनिबार साँझ बजार...

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...