News Portal

रहस्यमय मृत्यु प्रकरणः अध्यक्ष र इन्चार्ज पक्राउ, (भिडियोसहित)

हिमाली संचार संवाददाता
४०५ पटक

मोरङ – जीवन  बचाउ उपचार सेवा गृहमा एक जना युवाको रहस्यमय तरिकाले मृत्युसँगै अध्यक्ष र इन्चार्जलाई पक्राउ गरिएको छ ।

आइतबार साँझ उर्लाबारी–७ स्थित गृहको शौचालयको भेन्टिलेसनमा उर्लाबारी–२ का १९ बर्षीय विशाल श्रेष्ठको झुण्डिएको अवस्थामा भेटिएको थियो । प्रहरीले जाहेरी दर्ता गरेसँगै गृहका अध्यक्ष शेखर कार्की र इन्चार्ज रवीन्द्र दाहाललाई अनुसन्धानका लागि नियन्त्रणमा लिइसकेको छ । प्रहरीले जाहेरी दर्ता गर्न आनाकानी गरेका कारण शव पोष्टमार्टमका लागि उठाउन ढिलाई भएको पीडित परिवार जनाएको छ ।

यसैगरी सशस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षक मात्रिका पौडेललाई हातपातको प्रयास गरेपछि माहोल भड्किएको थियो । विहानदेखि नै प्रहरीले समन्वयकारी भूमिका निर्वाह गरेको थियो । शव पोष्टमार्टमका लागि लैजाने तयारी भएसँगै मादक पदार्थ सेवन गरेका एक ब्यक्तिले भीड उत्तेजक बनाउन हातपातको प्रयास गरेका थिए ।

सोही क्रममा गृहका सल्लाहकार बाझाङ राईलाई आक्रोशित भिडले आक्रमणको प्रयास गरेको थियो । जनपथ र सशस्त्र प्रहरीको टोलीले सुरक्षा प्रदान गरी घटना स्थलबाट बाहिर निकालेका थिए ।

भिडियो:

https://www.youtube.com/watch?v=W9dkioyOaFU&t=169s

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...