रबिन्द्र बरल -सामुदायिक बिधालयमा नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि माेरङकाे रंगेली नगरपालिकाले विद्यालय हरुमा विद्युतीय हाजिरी जडान गरेको छ।
विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन रंगेली नगरपालिकाले विद्युतीय हाजिरी सञ्चालनमा ल्याएको छ । विद्यालय नियमित सञ्चालन भए नभएको, शिक्षक आए नआएको जस्ता गुनासा सुन्न नपरोस् र शिक्षा विकासमा सकारात्मक प्रभावका लागि विद्युतीय हाजिरी शुरु गरिएको रंगेली नगरपालिकाका शिक्षा साखा अधिकृत रबिन्द्र पंन्डित ले बताए । नगरपालिकाले नमूना परीक्षणका लागि पहिलोपटक माध्यमिक तहका विद्यालयमा जडान गर्ने र विस्तारै अन्य सबै आधारभूत विद्यालयमा समेत बिधुतिय हाजिरी जडान गर्ने तयारी थालिएको पंडित ले बताए । पहिलाे चरणमा नगरपालिका ले पव्लिम उच्च माध्यमिक बिधालय ,अादर्श माध्यमिक बिधालय , जनता माध्यमिक बिधालय , रत्न उच्च माध्यमिक बिधालय , गणेश माध्यमिक बिधालय लागायत १२ बाट बिधालय मा पहिलोपटक विद्युतीय हाजिरी शुरु सन्चालन गरिएको हाे । विद्युतीय हाजिरी जडानसँगै शिक्षक बिहान १० बजे र साँझ ४ बजे अनिवार्य रुपमा हाजिरी गर्नुपर्ने हुन्छ। बिधुतिय हाजिरी नहुदा बिधालय मा शिक्षक हरु कहिले ११ बजे कहिले १२ बजेसम्म बिधालयमा हाजिरी हुने गर्देथिए । रंगेली नगरपालिकाले शिक्षा क्षेत्रको गुणात्मक सुधारका लागि अरु नयाँ अभ्यासको थालनी गरिरहेको छ। ई–हाजिरसँगै विद्यालय निरन्तरता र प्रभावकारी शिक्षण सिकाइलाई ध्यानमा राखेर नगरपालिका बाटै छड्के अनुगमन समेत गरिदै अाएकाे रंगेली नगरपालिकाका बडा अध्यक्ष रामचन्द्र मंन्डलले बताए।
विद्युतीय हाजिरी जडान भएपछि शिक्षकहरु समयमै हाजिरी हुन थाले
हिमाली संचार संवाददाता
आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...
विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...
नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...
निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...
- अनुहार फेरि फेरि षडयन्त्र नगरौं !
- आज २०८२ साल फागुन १७ गतेको राशिफल
- हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
- बालेन शाह प्रधानमन्त्री बन्ने प्रक्रियाः विश्वासको मत आवश्यक नपर्ने
- आज २०८२ साल फागुन १८ गतेको राशिफल
- मध्यपूर्वमा ड्रोन र क्षेप्यास्त्र आक्रमण, कुवेत–साउदी–बहराइनमा क्षति
- कवेतमा उच्च सतर्कता, जनजीवन सामान्य
- रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै
- दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?
- सर्लाही-४ मा गगनसँग मतान्तर बढाउँदै अमरेश