News Portal

धरान रनमा श्रृंखला खतिवडाको पनि सहभागिता (फोटोफिचर)

हिमाली संचार संवाददाता
४९५ पटक

धरान । धरान रन समूहद्वारा आयोजित ‘प्रभु बैंक १० के रन आठौं नेवा च्यारिटी धरान रन शु्क्रबार सम्पन्न भएको छ। विभिन्न उमेर समूहका करिब ४ हजार भन्दा बढी धावकहरुले धरान रनमा सहभागीता जनाएका थिए ।

धरान रन प्रतियोगितामा मलेसिया, बंगलादेशका, यूके, हङकङ, र भारतलगायतका देशबाट धावकहरुको सहभागीता जनाएका थिए। आयोजित कार्यक्रममा धरान उपमहानगरपालिका मेयर तिलक राई, उपमेयर मन्जु भण्डारी सुवेदी, इप्रका धरानका डिएसपी, पूर्व मिस नेपाल श्रृंखला खतिवडाले पनि सहभागिता जनाएका छन् ।

प्रतियोगिताको खुल्लातर्फ महिला र पुरुष पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमसः नगद ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ भने प्रथम पुरस्कारमा १० हजार वृद्धि गरेका छन् । धरान रनमा यो पटक १२ वर्षभन्दा तलका, १२ देखि १६ वर्षसम्मका र ४० वर्षमाथीका भेट्रानको महिला र पुरुषतर्फको पहिलो, दोस्रो र तेस्रोले क्रमस नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। धरानका स्थानीय धावकहरुलाई प्रोत्साहन स्वरुप पहिलो र दोस्रो १ जना महिला र १ जना पुरुषलाई समेत पुरस्कृत गर्ने कार्यक्रम रहेको थियो। त्यसै गरी धरान रन पूरा गरी आइपुग्ने करिब २ हजार धावकहरुलाई धरान रनका टिसर्ट र मेडल प्रदान गरिएको छ ।

आयोजकका अनुसार रनबाट बचेको रकमले ‘नेवा एजुकेशन फण्ड’ अन्तर्गत धरानका सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई प्रदान गदै आएको छात्रवृद्धिलाई निरन्तरता दिने भनिएको छ। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...