News Portal

समाजसेवी बलवहादुरले गरे दुई महिने बालकलाई सहयोग

हिमाली संचार संवाददाता
४१४ पटक

रबिन्द्र बराल -नवजात शिशुलाई जन्म दिएकाे केही घन्टा पछि अामाकाे मृत्यु भए पछि दुई महिने दुघे बालककाे बिचल्ली भएको खवर हिमाली संन्चार अनलाइनमा प्रसारण भए पछि एक समाजसेविले उक्त दुघे बालकलाई सहयोग गरेका छन । माेरङकाे रतुवामाई नगरपालिका घर भएका हाल बिराटनगर बसाेवास गर्दे अाएका समाज प्रेमि बलवाहादुर बस्नेतले दुई महिने बालक तथा उनका हजुर अामा र हजुर बुबा लाई जिन्सी सहयोग गरेका छन । उनले दुधे बालक लाई ५ डिब्बा ल्याक्टाे दुघ,सानाे झुल, व्याल्नकेट,लुगा, र बालक लाई दूध खुवाउन का लागि नगद २ हजार समेत दिएका छन । भने पालनपोषण गर्ने हजुर अामा र बा लाई दुई थान साडी ,५० केजि चामल ,१० केजी पिठो ,२० केजि अालु, हर्लिस, ५ केजि नुन, १० केजि दाल, झुल,५ लिटर खाने तेल, लगायतका सामाग्री हरु बितरण गरेका थिए । बस्नेत ले भने अाफुले विभिन्न अनलाइन मा खवर प्रसारण भएको देखेपछि अाफुलेे बच्चाको दुख बुझेर जिन्सी तथा अार्थिक सहयोग गर्ने ईच्छा भएको हुनाले सहयोग गरेको र गरिव र असायह हरु काे सधैं सहयोग गरिरहने समेत बताए । स्थानीय बडा अध्यक्ष ,बुद्धिजीवी , समाज सेवि लगायतको उपस्थिति समेत रहेको थियोे । माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित गधाधर माध्यमिक बिधालय देखि उत्तरमा रहेकाे केरन्जा नजिकै मुसहर टाेलमा बसाेबास गर्दे अाएका ७० बर्षकी निसि देवि ऋिषिदेव ले भनिन यस्तो सहयोग गरेकाे मा बलवहादुर बस्नेत लाई धन्यवाद समेत दिदै अरु सहयोगी हात हरुले पनि सहयोग गर्न अाग्रह समेत गरिकि छिन । अहिले दुई महिनेे रेनुका ऋिषिदेव नातिनी लाई पालनपोषण गर्ने हम्मेहम्मे परेको समेत बताईन । भान्जा कलशदेव ऋिषिदेव काे १० घुर जग्गामा सानाे घर बनाएर बसिरहेका छन । घरमा एक दाना चामल समेत छैन, काम गर्ने जाउभने शरिरमा शक्ति छैन, उनी हरु भान्जा कै घरमा बसेर खाई रहेका छन । शिशुलाई हुर्काउन सहयोगी संस्था हरुकाे अाबश्यक रहेको समाज सेवि बैजनाथ झा ले बताए ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...