News Portal

  • एयर काष्ठमण्डप दुर्घटनामा आफू मरेर यात्रुलाई बचाउने पाइलटको शालिक निर्माणमा राजनीति !

    हिमाली संचार संवाददाता
    २८६ पटक

     

    फागुन १०, काठमाडौं । एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भनेका थिए, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईंहरुलाई बचाउँछौँ ।’ उनका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा पर्यो । कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा सो कम्पनीको जहाज २०७२ साल फागुन १४ गत दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा सबै यात्रु सकुशल रहे, तर क्याप्टेन दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले ज्यान गुमाए । नेपालगञ्जबाट जुम्लाका लागि उडेको सो जहाजको इञ्जिन एक्कासि फेल भएपछि फोर्स ल्यान्डिङ गर्ने क्रममा भएको सो दुर्घटनाबाट यात्रुलाई पुनःजन्म दिँदै चालकद्वयले चिलखाँयामै आफ्नो जीवन बिसाउनु परेको थियो ।

    ‘प्याक–७५० एक्सएल’ सिंगल इञ्जिन जहाज उडेको ३० मिनेटपछि दैलेखको हाउडेलेक आसपास पुग्दा प्राविधिक समस्या आएर इञ्जिनले पूर्णरुपमा काम गर्न छोड्यो । क्याप्टेन न्यौपानेले इञ्जिनलाई पुनः सञ्चालन गर्ने प्रयास सम्भव भएन । जहाज ग्लाइड (बेलुनजस्तै उडाएर) गरेर नजिकै फोर्स ल्यान्डिङका लागि उपयुक्त ठाउँ खोजियो ।

    कालीकोटको चियाखाँयामा फोर्स ल्यान्डिङ गराउँदा भिरालो जमीन र काल्नासहितको गराका कारण विमान भित्तामा ठोक्किएर दुर्घटनामा पर्यो । इञ्जिनमा समस्या भएपछि ‘इमर्जेन्सी पोर्सिडियर’अन्तर्गत विमानलाई करिब पाँच मिनेट ग्लाइड गरेर आठ नटिकल माइल दूरी पार गराउन सफल भए पनि पाइलटद्वयले आफ्नो मृत्युलाई भने जित्न सकेनन् ।

    विमानको अगाडिको भाग ठोक्किएपछि क्याप्टेन न्यौपाने र को–पाइलट राना ककपिटमै किच्चिए । क्याप्टेन न्यौपानको तत्कालै र को–पाइलट रानाको उद्धारमा ढिलाइ हुँदा करिब डेढ घण्टापछि निधन भएको थियो । चालक द्वयलेआफू मरेर पनि जहाजमा सवार एक नाबालकसहित नौको ज्यान जोगाउन सफल भए ।

    जहाजको इञ्जिनभित्र रहेका छ वटा बेरिङमध्ये पहिलो नम्बरको बेरिङ ड्यामेज हुँदा इञ्जिन फेल भएको तत्कालीन छानबिन आयोगको प्रतिवेदनले देखाएको छ । ‘आफू मरेर अरुलाई बचाउने न्यौपाने’ले पाइलट कोर्स र सिनियर क्याप्टेनको तालीम अमेरिकामा लिएका थिए । यात्रुलाई जीवन दान दिएका न्यौपाने र रानाले वीर पदक पाए ।

    चालकद्वयकै सम्मानमा नेपालगञ्ज-२० मा रहेको राँझा चोकलाई पाइलटचोकका रुपमा नामकरण गरियो । उपमहानगरपालिकाको सहयोगमा क्याप्टेन दिनेश प्रतिष्ठानले राँझा चोक पश्चिमतर्फ शालिक निर्माण गर्ने तयारी गर्यो । राँझा चोक पाइलट चोकमा रुपान्तरण भएपछि शिलान्यास पनि भयो । महिना नबित्दै शिलान्यास गरिएको ठाउँबाट एकाएक बोर्ड हटाइयो ।

    उपमहानगरपालिकाले बाटिका, प्रतीक्षालयसहित क्याप्टेनद्वयको शालिक राख्नका लागि १० धुर जग्गा उपलब्ध गराएको छ । चालक दिनेशका बुबा मानदत्त न्यौपानेले भने, “दुःखमा रहेका हामीलाई त्यतिबेला झुठो आश्वासन दिइयो । अहिले राँझा चोकमा दुई पाइलटको शालिक राखेर नामकरण गर्ने विषयमा राजनीति गर्न खोजिएको, हामीसँग पैसा असुल्न खोजियो ।”

    नेपालगञ्ज–१२ मुक्तिपुर निवासी क्याप्टेन दिनेश र पाल्पा निवासी को–पाइलट रानाको शालिक राख्ने विषय केही समस्या देखिएको दिनेशका बुबा मानदत्तले बताए । उनले भने, “हामीलाई शालिक मात्र राख्न दिए हुन्छ, नाम राँझा चोक नै भए पनि हामीलाई गुनासो छैन ।” शालिक निर्माणमा भएको ढिलाइप्रति घरपरिवार, शुभेच्छुक र आफन्तले गुनासो गरेका छन् ।

    आफ्नो पेशाप्रति इमान्दारिता देखाइ बहादुरीपूर्वक जहाजमा रहेका सबै यात्रुलाई सुरक्षित राखेर आफूले वीरगति प्राप्त गर्ने चालक र सहचालकको योगदानलाई राजनीतिसँग जोडेर विवाद निम्त्याउन खोजेको बुबा मानदत्तको आरोप छ । उनले भने, “किरिया खर्च भनेर त्यतिबेला एयरलाइन्सबाट रु एक लाख पाएका थियौँ, त्यसपछि कुनै क्षतिपूर्ति पाएका छैनौँ ।”

    चालकद्वयका शालिक अहिले पनि त्यसै थन्किएका छन् । “करिब रु सात लाख खर्चेर निर्माण गरिएका शालिक थन्किएका छन्”, मानदत्तले भने, “बाटिकाको नाम जे भए पनि शालिक राख्न पाए हामीलाई सन्तोष हुने थियो । जसले अरुको ज्यान बचाएर आफ्नो जीवनलाई विश्राम दिए उनैको अपमान गरिएको छ ।”

    बाटिका बनाउने भनिएको शालिक निर्माणस्थललाई हाल सद्भाव बाटिका लेखिएको छ । २०७३ जेठ १५ गते नेपाल सरकारले चालकद्वयलाई शहीद घोषणा गरी मरणोपरान्त वीर पदकले सम्मान गरेको थियो भने २०७२ साल चैत ४ गते पाइलट चोक नामकरण भयो । जहाज उडाउन थालेको आठ वर्षमै न्यौपानेले दुर्घटनामा ज्यान गुमाएका थिए ।

    रासस

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २६ गतेको राशिफल

    आज मंसिर २६, २०८२ (डिसेम्बर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सम्झौता विवादित: मिराज ढुंगानाले सरकारसँगको १० बुँदे समझदारी अस्वीकारे

    काठमाडौं, मंसिर २५ – प्रधानमन्त्री सुशीला कार्कीले केही जेन-जी समूहसँग गरेको १० बुँदे सम्झौता सार्वजनिक...

    पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध भिजिट भिसा प्रकरणमा अख्तियारको भ्रष्टाचार छानबिन

    काठमाडौं, २५ मंसिर – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध भ्रष्टाचारको आरोपमा छानबिन...

    रिट खारेज गर्न ओलीको माग: “व्यक्तिगत आक्रोशका आधारमा दायर गरिएको छ”

    काठमाडौं, मंसिर २५ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटप्रति कडा प्रतिक्रिया...

    आरजु राणा देउवाको स्पष्टीकरण: “नोट जलेको भनी फैलाइएको प्रचार निराधार”

    काठमाडौं, मंसिर २५ – पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले भदौ २४...