News Portal

समाचारमा सत्यता छैन

हिमाली संचार संवाददाता
४५७२ पटक

काठमाडौं : बिभिन्न सञ्चारमाध्यममा आफु बिरुद्ध अनर्गल समाचार आएको भन्दै युवा नेता शिशिर तामाङले खण्डन गर्नुभएको छ। आफ्नो नाम जोडेर अनर्गल तथा तथ्यहीन सामग्री प्रकाशित भएको भन्दै उहाँले आपत्ति समेत जनाउनुभएको छ।

‘युवा संगठनका संयोजक शिशिर तामाङद्वारा श्रीमती लाई निर्घात कुटपिट, बाहिर युवती संग मस्ती’ शीर्षकमा समाचार प्रकाशित भएको छ, यसमा कतिपनि सत्यता छैन्,उहाँले भन्नुभयो, मेरो राजनितीक करियर बिरुद्ध खेलिएको यो षणयन्त्र हो।

उहाँको श्रीमतीले समेत समाचारमा आपत्ति जनाउदै भन्नुभएको छ, उक्त समाचारमा केही समयअघि मेरो आँखाको डिलमा चोट लागेको थियो। सोही फोटो आठ वर्षपछि प्रकाशित गरी मेरो श्रीमान् मानबहादुर तामा (शिशिर) ले साउन २१ गते राति मदिरा सेवन गरी अन्धाधुन्ध प्रहार गरेको भनी समाचारमा प्रकाशित भएको छ।

मेरो श्रीमान् सांगठानिक र व्यक्तिगत केही व्यावसायिक कामका सिलसिलामा दिउँसोको समय सधै घरबाहिर रहने र हरेक साँझ र विहान म घरमै हुने गर्नुभएको छ। पार्टी, संगठन र व्यावसायका सिलसिलामा विभिन्न उहाँको महिला तथा पुरुष साथीहरुसँग निकट हुनुलाई मैले स्वाभाविक नै मानेको छु तर, अरु कोही महिला वा पुरुषका कारणले हामीबीचमा कुनै प्रकारको वैमनस्यता, झैँझगडा भएको छैन।

काल्पनिक समाचारका आधारमा व्यक्तिको सामाजिक तथा व्यक्तिगत जीवनमा धावा बोल्न खोजिएको उहाँको भनाई छ।

प्रतिकृया दिनुहोस्

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...