कुवेत -रोजगारीका लागि कुवेत आएका एक नेपालीको निधन भएको छ
करिव ४ वर्षअघि यहाँ आएका उनी इनास्को कम्पनीमा कार्यरत थिए । रसुवाका धनकृष्ण तामाङको मंगलबार बेलुका अकस्मात् ज्यान गएको हो ।
उनको मंगलबार बेलुका ८ देखि १२ बजे आफू बस्ने ठाउँ मावुल्ला इसारा अचानक मृत्यु भएको कोठामा सँगै बस्ने साथी अभिशेक सिलवालले जानकारी दिएका छन । ‘हिजो बेलुका ८ बजे र १२ मिनेट जाँदा अचानक मृत्यु भएको हो । हाँसेर बोलिरहनु भएको थियो । बोल्दा बोल्दै ढल्नु भएको हो ।’ उनले भने ।
उनको मृत्युको आधिकारिक कारण नखुले पनि हृदयघात भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे कुवेतस्थित नेपाली राजदूतावासले जानकारी पाइसकेको जनाएको छ ।