आज : २०२६-०९-२२, मङ्गलबार

आजको मौसम पूर्वानुमान; कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्ने सम्भावना

मंसिर-२७, बुधबार/काठमाडौं – नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही केहि बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, तराईका थोरै भूभागहरुमा हुस्सु तथा कुहिरो लाग्ने समेत महाशाखाले पुलेटिनमा उल्लेख गरेको छ। 

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भूभागहरुमा आंशिक बदली रही तराईका केहि भूभागहरुमा मौसम सामान्यतया सफा समेत उल्लेख गरिएको छ । 

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक/दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।

त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।