News Portal

थाइल्याण्ड जान लागेका पूर्वलडाकू विष्टलाई किन विमानस्थलबाटै फर्काइयो ? यस्तो छ कारण !

हिमाली संचार संवाददाता
८४३ पटक

काठमाडौं – सरकारले एकजना पूर्वमाओवादी लडाकूलाई थाइल्याण्ड जान रोक लगाएको छ । शुक्रबार त्रिभुवन विमानस्थलमा पुगेका उनलाई एउटा पत्र थमाएर अध्यागमनका कर्मचारीले फर्काइदिएका छन् ।

सरकारले माओवादीका पूर्वलडाकू लेनिन विष्टलाई विदेश जान नदिई विमानस्थलबाटै फर्काएको हो । उनी माओवादीमा बाल सेनाका रुपमा कार्यरत थिए । हाल उनी वयस्क भइसकेका छन् ।

जनयुद्धकालमा माओवादीको बाल सेना बनेका विष्टले पछिल्लो समय युद्धमा बालबालिकाको प्रयोगको विपक्षमा मुद्दा उठाउँदै आएका थिए । उनले अन्तर्राष्ट्रिय मञ्चमा बाल सेनाबारे प्रस्तुति दिन जान लागेको सूचना पाएपछि विदेश जान नदिइएको गृहमन्त्रालय स्रोतको भनाइलाई उदृढ गर्दै अनलाइनखबरले जनाएको छ।

तर, आफू बालसैन्यबारे कुरा गर्न नभई युवाहरुको कार्यक्रममा सहभागी हुन जान लागेको विष्टले बताए । युवाहरुलाई कसरी शान्तिपूर्ण बाटोमा लगाउन सकिन्छ भन्नेबारे थाइल्याण्डमा कार्यक्रम हुन लागेको विष्टले बताए ।

उनी थाइल्याण्डमा हुन लागेको ‘युथ इन कन्फ्लिक्ट हेल्पिङ एण्ड पिस विल्डिङ थ्रु सोसियल इङ्गेजमेन्ट’ कार्यक्रममा सहभागी हुन जान लागेका थिए ।

शुक्रबार बिहान ९ बजे विमानस्थल पुगेका विष्टलाई अध्यागमन विभागका कर्मचारीले रोकेका थिए । ‘माथिको आदेश’ भन्दै उनलाई रोकिए पनि केहीबेरमा विष्टलाई दिइएको पत्रमा ‘थाइल्याण्डमा सहभागी हुन जान लागेको कार्यक्रम सम्बन्धमा नेपाल सरकारको कुनै पनि निकायको अनुमति नलिएकाले फिर्ता’ गरिएको भनिएको छ ।

अन्तर्राष्ट्रिय फोरममा नेपालको बेइज्जत हुने गरी प्रस्तुति दिनका लागि विष्टलाई एक एनजीओले थाइल्याण्ड लान लागेको गृह मन्त्रालयमा रिपोर्टिङ भएपछि उनलाई रोकिएको स्रोतको दाबी छ ।

सत्तारुढ माओवादी नेताहरुको आदेशमा आफूलाई रोकिएको विष्टले गुनासो गरे । उनले भने ‘यो सरकारले लोकतन्त्र र मानव अधिकारको कुरा गर्नु त केवल बोलीमा मात्र रहेछ ।’

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...