News Portal

  • थाइल्याण्ड जान लागेका पूर्वलडाकू विष्टलाई किन विमानस्थलबाटै फर्काइयो ? यस्तो छ कारण !

    हिमाली संचार संवाददाता
    ६७१ पटक

    काठमाडौं – सरकारले एकजना पूर्वमाओवादी लडाकूलाई थाइल्याण्ड जान रोक लगाएको छ । शुक्रबार त्रिभुवन विमानस्थलमा पुगेका उनलाई एउटा पत्र थमाएर अध्यागमनका कर्मचारीले फर्काइदिएका छन् ।

    सरकारले माओवादीका पूर्वलडाकू लेनिन विष्टलाई विदेश जान नदिई विमानस्थलबाटै फर्काएको हो । उनी माओवादीमा बाल सेनाका रुपमा कार्यरत थिए । हाल उनी वयस्क भइसकेका छन् ।

    जनयुद्धकालमा माओवादीको बाल सेना बनेका विष्टले पछिल्लो समय युद्धमा बालबालिकाको प्रयोगको विपक्षमा मुद्दा उठाउँदै आएका थिए । उनले अन्तर्राष्ट्रिय मञ्चमा बाल सेनाबारे प्रस्तुति दिन जान लागेको सूचना पाएपछि विदेश जान नदिइएको गृहमन्त्रालय स्रोतको भनाइलाई उदृढ गर्दै अनलाइनखबरले जनाएको छ।

    तर, आफू बालसैन्यबारे कुरा गर्न नभई युवाहरुको कार्यक्रममा सहभागी हुन जान लागेको विष्टले बताए । युवाहरुलाई कसरी शान्तिपूर्ण बाटोमा लगाउन सकिन्छ भन्नेबारे थाइल्याण्डमा कार्यक्रम हुन लागेको विष्टले बताए ।

    उनी थाइल्याण्डमा हुन लागेको ‘युथ इन कन्फ्लिक्ट हेल्पिङ एण्ड पिस विल्डिङ थ्रु सोसियल इङ्गेजमेन्ट’ कार्यक्रममा सहभागी हुन जान लागेका थिए ।

    शुक्रबार बिहान ९ बजे विमानस्थल पुगेका विष्टलाई अध्यागमन विभागका कर्मचारीले रोकेका थिए । ‘माथिको आदेश’ भन्दै उनलाई रोकिए पनि केहीबेरमा विष्टलाई दिइएको पत्रमा ‘थाइल्याण्डमा सहभागी हुन जान लागेको कार्यक्रम सम्बन्धमा नेपाल सरकारको कुनै पनि निकायको अनुमति नलिएकाले फिर्ता’ गरिएको भनिएको छ ।

    अन्तर्राष्ट्रिय फोरममा नेपालको बेइज्जत हुने गरी प्रस्तुति दिनका लागि विष्टलाई एक एनजीओले थाइल्याण्ड लान लागेको गृह मन्त्रालयमा रिपोर्टिङ भएपछि उनलाई रोकिएको स्रोतको दाबी छ ।

    सत्तारुढ माओवादी नेताहरुको आदेशमा आफूलाई रोकिएको विष्टले गुनासो गरे । उनले भने ‘यो सरकारले लोकतन्त्र र मानव अधिकारको कुरा गर्नु त केवल बोलीमा मात्र रहेछ ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुई मन्त्री सवार सरकारी गाडी आपसमा ठोक्किए, मानवीय क्षति नभएको पुष्टि

    – प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा चिसापानीमा आयोजित कार्यक्रमतर्फ जाँदै गरेका सुदूरपश्चिम प्रदेश सरकारका दुई...

    देशभर आठ राजमार्ग पूर्ण अवरुद्ध, आधा दर्जनभन्दा बढी सडकमा एकतर्फी सवारी, यात्रु अलपत्र

    काठमाडौं, साउन १३ – देशभर लगातार परेको अविरल वर्षाले जनजीवन प्रभावित मात्र होइन, यातायात पूर्वाधारमा...

    गरिब परिवारको पीडा: बुझिदिने कोही भएन

    रविन्द्र बराल/ मोरङ, साउन १३ – मोरङको रतुवामाई नगरपालिका–५ स्थित गोविन्दपुर नजिकैको लेटिगाउँमा वर्षौंदेखि अैलानी...

    वृहत एकताको पक्षमा सहयोग गर्ने एनसीसीलाई साथ दिने अध्यक्ष श्रेष्ठको घोषणा

    काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेश कुमार श्रेष्ठले वृहत एकताको पक्षमा रहेर र वैधानिक...

    आज साउन १३ गतेको राशिफल

    आज साउन १३, २०८२ (जुलाई २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...