News Portal

नेपाली महाबाणिज्यदूताबास हङकङले डिजिटल प्रविधि मार्फत सेवा शुरु

युवा राई
६५१ पटक

युवा राई

हङकङ। नेपाली महावाणिज्यदूतावास हङकङले सोमबारबाट सेवाग्राहीहरुको लागि अर्को सुचना जारी नभएसम्मका लागि डिजिटल प्रविधि (ई-प्रणाली) मार्फत सेवा प्रवाह शुरु गरेको छ।

चीनबाट हङकङ प्रवेश गर्ने प्रत्येक यात्रुलाई अनिवार्य दुई हप्ता क्वारेन्टाइन बस्नु पर्ने हङकङ सरकारले गत ८ फेब्रुअरीबाट लागू हुने सूचना प्राप्त भएको हुदा नेपाली महावाणिज्यदूतावास हङकङ मार्फत सेवा लिने सेवाग्राहीहरुलाई डिजिटल प्रविधि मार्फत सेवा शुरु गरेको हो । यस सम्बन्धमा थप हङकङ सरकार, सम्बन्धित स्वास्थ्य सुरक्षा केन्द्र हङकङको वेबसाइट हेर्न समेत अनुरोध गरेको छ।

नेपाली महाबाणिज्यदूतावास हङकङले कोभ-१९ निरन्तर रुपमा संक्रमण बढ्दै गरेको हुनाले अनाबश्यक भिडभाड, यसको नियन्त्रण गर्न आफु बच्न र अरुलाई बचाउन साथै स्वास्थ्य सुरक्षा सतर्कताका लागि नेपाली माहाबाणिज्यदूताबास हङकङबाट प्राप्त हुने सेवा तथा कामकार्वाहीहरु यही मिति २०७६ फागुन ५ गत्ते तदानुसार १७ फेब्रुअरी २०२० देखि डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गरेको हो।

नेपाली महाबाणिज्यदूताबासले आबश्यक कागजातको विषयमा दूताबासको वेबसाईटमा सम्पूर्ण विबरण उल्लेख गरेको जनाएको छ। आबश्यक काजजातहरु इमेल मार्फत पेश गर्ने, कागजात स्वीकृति भए-नभएको जानकारी, तोकिएको बैंक, शुल्क, शुल्क भौचरको कपी इमेल मार्फत दूतावासको इमेलमा पठाउने, सेवा प्राप्त हुने मिति र समय दूताबासले जानकारी गराउने उल्लेख समेत गरेको छ। 

यसरी डिजिटल प्रणाली मार्फत फारम भर्दा कुनै द्विविधा भएमा दूताबासको फोन नम्बरमा सम्पर्क गर्न सकिने व्यावस्था समेत उल्लेख गरेको छ। सेवा प्राप्त गर्नका लागि भने पेश गरेको कागजातको सक्कल प्रतिलिपि सहित तोकिएको समयमा उपस्थित हुनु पर्ने छ। 

चीनबाट मकाउ प्रवेश गर्ने गैरआवासीय कामदारहरुले पनि अनिवार्य रुपमा तोकिएको अवधिभर क्वारेन्टाइनमा रहनु पर्ने समेत जानकारी आएको उल्लेख गर्दै मकाउमा कार्यरत नेपाली समुदायको लागि समेत सुचित गराएको छ। 

महामारीको रुपमा फैलिएको कोभ-१९ प्रकोप नियन्त्रण गर्नका लागि साथै थप सुरक्षित रहन स्वास्थ्य सुरक्षाका लागि अबलम्बन गरिएको डिजिटल प्रविधि निकट भविष्यमा ऐच्छिक रुपमा राख्न सकिने जानाएको छ। 

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...