News Portal

नेपाली महाबाणिज्यदूताबास हङकङले डिजिटल प्रविधि मार्फत सेवा शुरु

युवा राई
६६८ पटक

युवा राई

हङकङ। नेपाली महावाणिज्यदूतावास हङकङले सोमबारबाट सेवाग्राहीहरुको लागि अर्को सुचना जारी नभएसम्मका लागि डिजिटल प्रविधि (ई-प्रणाली) मार्फत सेवा प्रवाह शुरु गरेको छ।

चीनबाट हङकङ प्रवेश गर्ने प्रत्येक यात्रुलाई अनिवार्य दुई हप्ता क्वारेन्टाइन बस्नु पर्ने हङकङ सरकारले गत ८ फेब्रुअरीबाट लागू हुने सूचना प्राप्त भएको हुदा नेपाली महावाणिज्यदूतावास हङकङ मार्फत सेवा लिने सेवाग्राहीहरुलाई डिजिटल प्रविधि मार्फत सेवा शुरु गरेको हो । यस सम्बन्धमा थप हङकङ सरकार, सम्बन्धित स्वास्थ्य सुरक्षा केन्द्र हङकङको वेबसाइट हेर्न समेत अनुरोध गरेको छ।

नेपाली महाबाणिज्यदूतावास हङकङले कोभ-१९ निरन्तर रुपमा संक्रमण बढ्दै गरेको हुनाले अनाबश्यक भिडभाड, यसको नियन्त्रण गर्न आफु बच्न र अरुलाई बचाउन साथै स्वास्थ्य सुरक्षा सतर्कताका लागि नेपाली माहाबाणिज्यदूताबास हङकङबाट प्राप्त हुने सेवा तथा कामकार्वाहीहरु यही मिति २०७६ फागुन ५ गत्ते तदानुसार १७ फेब्रुअरी २०२० देखि डिजिटल प्रविधि मार्फत सेवा प्रवाह गरेको हो।

नेपाली महाबाणिज्यदूताबासले आबश्यक कागजातको विषयमा दूताबासको वेबसाईटमा सम्पूर्ण विबरण उल्लेख गरेको जनाएको छ। आबश्यक काजजातहरु इमेल मार्फत पेश गर्ने, कागजात स्वीकृति भए-नभएको जानकारी, तोकिएको बैंक, शुल्क, शुल्क भौचरको कपी इमेल मार्फत दूतावासको इमेलमा पठाउने, सेवा प्राप्त हुने मिति र समय दूताबासले जानकारी गराउने उल्लेख समेत गरेको छ। 

यसरी डिजिटल प्रणाली मार्फत फारम भर्दा कुनै द्विविधा भएमा दूताबासको फोन नम्बरमा सम्पर्क गर्न सकिने व्यावस्था समेत उल्लेख गरेको छ। सेवा प्राप्त गर्नका लागि भने पेश गरेको कागजातको सक्कल प्रतिलिपि सहित तोकिएको समयमा उपस्थित हुनु पर्ने छ। 

चीनबाट मकाउ प्रवेश गर्ने गैरआवासीय कामदारहरुले पनि अनिवार्य रुपमा तोकिएको अवधिभर क्वारेन्टाइनमा रहनु पर्ने समेत जानकारी आएको उल्लेख गर्दै मकाउमा कार्यरत नेपाली समुदायको लागि समेत सुचित गराएको छ। 

महामारीको रुपमा फैलिएको कोभ-१९ प्रकोप नियन्त्रण गर्नका लागि साथै थप सुरक्षित रहन स्वास्थ्य सुरक्षाका लागि अबलम्बन गरिएको डिजिटल प्रविधि निकट भविष्यमा ऐच्छिक रुपमा राख्न सकिने जानाएको छ। 

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...