News Portal

  • जन्मने बितिकै आमा काे मृत्युु पछि दुई महिने बालक काे बिचल्ली

    हिमाली संचार संवाददाता
    ३२० पटक

    रबिन्द्र बराल -नवजात शिशुलाई जन्म दिएकाे केही घन्टा पछि आमाकाे मृत्यु भएपछि दुई महिने दुघे बालकाे बिचल्ली भएको छ । माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित गधाधर माध्यमिक बिधालय देखि उत्तरमा रहेकाे केरन्जा नजिकै मुसहर टाेलमा बसाेबास गर्दे आएका ७० बर्षकी निसि देवि ऋिषिदेव लाई अहिले दुई महिनेे रेनुका ऋिषिदेव नातिनी लाई पालनपोषण गर्ने हम्मेहम्मे परेको छ । मंसिर २८ गते २५ बर्ष कि बुहारी करिसमा ऋिषिदेव लाई बेथाले च्यापे पछि उनका श्रीमान अनन्तलाल ऋिषिदेव र आफ्नत ले उनलाई बिराटनगर स्थित नाेवेल अस्पतालमा प्रसुति गराउन पुर्याएका थियोे । अस्पताल ले करिसमा लाई सल्यक्रिया बाट २९ गते नवजात शिशुलाई जन्म दिएको केही घन्टा पछि अामा काे मृत्युु भएको परिवारले बताए ।
    हामी गरिव काे बाेलिदिने काेहि नभए पछि लास बाेकेर घर फर्कनु बाहेक केही रहेन । शिशु काे स्वास्थ्य अवस्था नराम्रो भएको भन्दै अस्पताल ले अन्यत्र बच्चालाई रिफर गरेको र अामा लाई साेहि अस्पतालमा अाईसुमा राखेर उपचार गरेको अामा निसि देवि ले बताईन । पैसा काे अभावका कारण उनले अाफुले गलामा लगाएकाे चाँदिकाे सिक्रि समेत बिक्री गरेर बुहारी काे उपचार गराएकाे दुखेसाे पाेखिन । तर बुहारीलाई भने बचाउन नसकीएकाे अामा निसि देवि ले बताईन । श्रीमती काे मृत्युु भए पछि उपचारका मा लागेकाे डेर लाख रुपैयाँ ऋिण तिर्नका लागि बुबा अनन्तलाल समेत दुई महिना देखि भारत काे केरला मा काम गर्ने गएपछि घरमा रहेका बृद्घ बुबा, अामाले अहिले नवजात शिशुकाे स्यहार सुसार गरिरहेका छन । घरकाे अार्थिक अभाव समेत दैनिय भए पछि नवजात शिशु लाई दैनिकी दुघ खुवाउन समेत धेरै समस्या परेको हजुर अामा निसि देवि ले बताईन ।

    बस्न का लागि अाफ्नाे नत जग्गा नै छ नत घर नै छ । बृद्घ बुबा ,अामा अहिले भान्जा कलशदेव ऋिषिदेव काे १० घुर जग्गामा सानाे घर बनाएर बसिरहेका छन । घरमा एक दाना चामल समेत छैन, काम गर्ने जाउभने शरिरमा शक्ति छैन, उनी हरु भान्जा कै घरमा बसेर खाई रहेका छन । शिशुलाई हुर्काउन केही स्थानीय संग सहयोग मागेर पालनपोषण गरेको समाज सेवि बैजनाथ झाले बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अरबमा नेपाली श्रमिक शोषण तीव्र – धिरेन सुवेदी

    काठमाडौं – अरब मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ। चम्किला...

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...

    मधेशमा मुख्यमन्त्री नियुक्ति विवाद बढ्दा सात दल सडकमा

    जनकपुरधाम, कार्तिक ३० — मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति सम्बन्धी विवाद सुल्झिनुको साटो अझै चर्किँदै गएको...