News Portal

एक्स बक्सर ग्रुप मकाउद्वारा बक्सिङका पूर्ब खेलाडी,अन्तराष्ट्रिय रेफ्री गुरूङ्लाई आर्थिक सहयोग

हिमाली संचार संवाददाता
८२१ पटक

कर्ण बहादुर अधिकारी,नुवाकोट -नेपाल एक्स बक्सर ग्रुप मकाउद्वारा बक्सिङ्का पूर्ब खेलाडी,अन्तराष्ट्रिय रेफ्री एवं बक्सिङ्कै धरोहर मदन गुरूङ्को स्वास्थ्य उपचार र औषधी सेवनका लागि मोप ८२५०।- अर्थात नेरू १ लाख १६ हजार एक कार्यक्रमका साथ हस्तान्तरण गरेको छ।उक्त रकम संकलन कार्यक्रमका संयोजकद्वय पुर्ब बक्सिङ खेलाडी मान बहादुर श्रेष्ठ र पश्चिमेली समाज मकाउका अध्यक्ष तथा पुर्ब बक्सर पदम सिंह पन्तले मकाउका कार्यरत रहेका पूर्ब बक्सर खेलाडीहरूसंग रकम संकलन गरी नेपाल बक्सिङ संघका चिफ कोच प्रकाश थापा मगर र बक्सिङ संघका अध्यक्ष राम आवालेको उपस्थितिमा रकम हस्तान्तरण गरीएको थियो।

मकाउमा कार्यरत रहेका पूर्व बक्सिङ खेलाडीहरू पदम सिंह पन्त मोप ८ सय ,अजित गुरूङ् मोप ७ सय,तेज बहादुर चन्द मोप ५ सय,मान बहादुर श्रेष्ठ मोप ५ सय,प्रभुदास थापा ५ सय , बिकास नेपाली मोप ५ सय,शुभाष थापा मोप ५ सय,राजन डंगोल मोप ५ सय ,चित्र बहादुर गुरूङ मोप ५ सय,प्रेम महर्जन मोप ५ सय,नीम रेउले मोप ५ सय ,महेश रीजाल मोप ५ सय,उद्धव कुवर मोप ३ सय,घन श्याम ओली मोप ३ सय,तोरण बानियाँ मोप ३ सय,बिष्णु श्रेष्ठ मोप ३ सय,शुरेश चौधरी मोप ३ सय,राज कुमार पौडेल मोप १ सय ५० र रेशम थापाबाट मोप १ सय संकलन गरी जम्मा ८ हजार २ सय ५० मोप उठेको थियो।

नेपाल एक्स बक्सर ग्रुप मकाउले केहि समय अगाडी अर्थात १३ औं साग गेममा पनि नेपाली बक्सिङ खेलाडीहरूको मनोवल उच्च बनाउनका लागि प्रतोसहान स्वरूप नेपाली रूपैया १ लाखको ट्रयाक सुट खेलाडी तथा प्रशिक्षकहरूलाई बितरण साथै बक्सिङ्मा मेडल जित्ने खेलाडीहरूलाई सम्मान स्वरूप नेरू २ लाख रूपैया हस्तान्तरण गरेको थियो।यस्ता सामाजिक काममा सदैब सहयोगी हातहरूलाई अगाडी बढाउनका लागि पश्चिमेली समाज मकाउका अध्यक्ष पदम सिंह पन्न लागि पर्नु हुन्छ।यस बिषयमा पन्त संग जानकारी लिदा आउँदा दिनहरूमा पनि यसरी नै सहयोग र सदभाबका हातहरू अगाडी बढाउने र बिशेषत: बक्सिङ खेल जगतलाई उज्जवल बनाउनका लागि अार्थिक तथा नैतिक सहयोग गर्नु परे पनि पछि नहट्ने प्रति बद्धता जाहेर गर्नु भएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...