News Portal

शेयर गरौ तपाईंको आजको राशिफल

हिमाली संचार संवाददाता
५१७ पटक

वि.सं. २०७६ साल फागुन ०१ गते बिहीबार | २०२० फेब्रुवरी १३ तारीख | नेपाल संवत ११४०


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परोस्थितिवश सामान्य काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अवसरवादीहरूले फसाउन सक्छन्। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। तापनि, मिहिनेतले काम बनाउन सकिनेछ। काम पूरा नभए पनि आंशिक फाइदा उठाउन सकिनेछ। पछिका लागि उपलब्धिको स्रोत पनि पहिल्याउन सकिनेछ। यसका लागि गोपनीयतामा भने ध्यान पुर्याउनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तर, अरूको विश्वासमा पर्दा अन्त्यमा धोका हुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थिति अलि सन्देहपूर्ण रहला। चिताएका काममा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि अन्त्यमा परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धीहरूले केही दु:ख दिनेछन्। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर प्राप्त भए पनि परिस्थितिवश काममा अलमल हुन सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। दोहोर्याएर प्रयास गर्दा पहिले रोकिएका काम सम्पादन हुनेछन्। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। अध्ययनमा त्यति समय दिन नसकिएला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर आए पनि बेसुरको निर्णयले समस्या निम्त्याउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। तर अप्ठ्यारो पर्दा शुभचिन्तकहरूले साथ दिनेछन्। दोहोर्याएर प्रयास गर्दा काम बन्नेछ। बिछोडिएका आफन्तसँग भेटघाटको अवसर जुट्नेछ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। आफ्नो सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
छर–छिमेकमा केही असमझदारी देखिए पनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। पहिलेका चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने वैदेशिक क्षेत्रबाट लाभ मिल्न सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
उठ्नुपर्ने रकम हातलागी हुनाले आम्दानी बढ्नेछ। अचल सम्पत्तिको उपयोगबाट लाभ हुनेछ। व्यापार–व्यवसायमा फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो फाइदाका लागि लगानी बढाउन पनि सकिनेछ। तर फाइदाको रकम अरूकाे हातमा पर्न सक्छ। खर्चिलो कामका लागि सरसापट लिनुपर्ला। तत्काल फाइदा लिँदा पछिको आम्दानी घट्न सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
परिस्थिति अनुकूल देखिए पनि काम गर्न समय लाग्नेछ। अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसरवादीहरूले फसाउन सक्छन्। तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर काम थाल्नुहोला। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
काममा व्यस्तता बढ्नेछ। केही अवसर गुमे पनि धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। बुद्धिको उपयोगले दिगो कामको जग बसाउन सकिनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साथीभाइको सहयोगले पनि काममा हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समस्याले रहस्य पत्ता लगाउन सहयोग पुर्याउनेछ। शुभचिन्तकहरू जुट्नाले आस मारेको फल पुनः प्राप्त हुन सक्छ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। पहिले बिग्रिएको काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ। तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिवारजनको साथले नयाँ आशा पलाउनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।

प्रतिकृया दिनुहोस्

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...

सुकुम्वासीबारे सरकारको योजना : हटाउने होइन, व्यवस्थापनमा जोड

काठमाडौं, १० वैशाख — प्रधानमन्त्री बालेन्द्र शाहले सुकुम्वासी बसोबास भएका क्षेत्र खाली गराउन सुरक्षा निकायलाई...

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...