News Portal

सरकार आयो, घर भत्कायो, गायव भयो !

हिमाली संचार संवाददाता
६९५ पटक

बर्दिवास २८, २०७६ माघ : महोत्तरी जिल्ला सदरमुकाम बर्दिवासबाट २२ किलोमिटर दक्षिणमा छ, औरही नगरपालिका। कतै धुलाम्य त कतै हिलाम्य सडकमा एक घन्टा गुडेपछि पुगिने यो सानो बजारको आकार बढिरहेको जनाउ धमाधम बनिरहेका पक्की घरहरुले दिन्छन्। फराकिलो कच्ची सडकले पनि लगानीको आशामा धुलो उडाइरहेझैं लाग्छ।

माघको अन्त्य हुन लाग्दा घाम देखिने क्रम बाक्लिँदैछ। हिउँदभर शीतलहर खेपेका मानिसहरु घाममा बसेर तात्तातो चिया खान मजा मानिरहेका छन्। धुले सडकमा मोटरसाइकल र रिक्साको चाप बढेको छ। ट्रयाक्टरहरुमा समेत खचाखच मानिस देखिन्छन्। मिठाइ पसल, माछा रेस्टुरेन्ट, इँटा भट्टा, चामल उद्योग आदि पूर्ण क्षमतामा चल्न थालेका छन्।

औरही बजार बीचमा रहेको नगरपालिका भवनलाई दाहिने पार्दै फेरि देब्रे लागेपछि धेरैजसो टायलको छाना देखिने ठूलै बस्ती आइपुग्छ। त्यो बस्ती काटेर केही मिनेट अगाडि बढेपछि ठूलो कम्पाउण्डवाला भवन देखिन्छ। पूर्वमन्त्री शरदसिंह भण्डारीको यो घर नजिकै ६५ परिवार मुसहरको बस्ती छ। बस्तीमा ६ महिनाअघि सरकारको जनता आवास कार्यक्रम आयो। कार्यक्रमले सित्तैमा नयाँ घर बनाइदिने भन्दै सदा परिवारलाई फुसको घर भत्काउन लगायो र अलिकति गाह्रो उठाएर गायब भयोयीमध्ये पनि फुसको छाना भएको घर हुने २० परिवार मात्र छन्। बाँकी सबै गोठ पनि भन्न नमिल्ले वासमा छन्। बस्तीमा छिर्ने सानो डोरो बाटो छ।

दलित बस्तीमा छिरेपछि तीन धुरमा जग्गामा बन्दै गरेको घरमा कुचो लिएर उभिएकी जोगी सदा भेटिइन्। ३५-३६ वर्षकी जस्तै देखिने उनलाई आफ्नो खास उमेर थाहा छैन। स-साना तीन कोठा निकाल्न लागिएको घरमा पर्खाल उठिसकेको छैन। चार सदस्यीय सदा परिवारले त्रिपालको ओतमुनि पराल छरेर ओछ्यान र भान्सा बनाएको छ। उनीहरुको सर्वस्व नै यही तीन धुर घडेरी हो।

यो बस्तीमा ६ महिनाअघि सरकारको जनता आवास कार्यक्रम आयो। कार्यक्रमले सित्तैमा नयाँ घर बनाइदिने भन्दै सदा परिवारलाई फुसको घर भत्काउन लगायो र अलिकति गाह्रो उठाएर गायब भयो। सदा परिवार हिउँदभर खुला हावामा बसेर शीतलहर काट्न वाध्य भयो। काम गर्न भारतको पञ्जाव पसेका जोगी सदाका श्रीमानले मासिक ८-१० हजार रुपैयाँ पठाउँछन्। यति पैसाले दुईछोरा सहितको परिवार चलाउन जोगीलाई निकै गाह्रो परिरहेको छ।

उनको छिमेकी रविता सदाको हालत पनि उस्तै छ। तीन महिनाको छोरीलाई यो हिउँदमा जोगाउन सकेकोमा उनी चकित छिन्। उनका अरु दुई छोरी अलकत्राको ड्रमभित्र खेलिरहेका छन्। उनीहरु खेल्दाखेल्दै त्यही निदाउँछन्। किनकी बाहिरभन्दा त्यहाँ न्यानो छ। जनता आवास कार्यक्रमले बनाइदिन खोजेको रविता र जोगी सदाको घरको हालत समान छ।

निर्माणाधीन घरमा त्रिपालमुनि छिरेर परालमा बस्न पर्छ। रविताका श्रीमान अरुको खेतमा काम गर्छन। ‘काम भए दिन पाँस सय रुपैयाँ आउँछ, काम नपाएको दिन भोकै बस्न पर्छ’, रविता भन्छिन्। उनीहरुलाई जाडोको एक दिन एक वर्षजस्तै लाग्छ। अस्ति रातभर पानी पर्दा बुढाबुढीले त्रिपालबाट पालैपालो पानी फाल्दै रात कटाएको रविताले बताइन् । त्यसबेला उनी सुत्केरी अवस्थामा थिइन्। उनले जुम्ल्याहा छोराछोरी पाएकी थिइन्।

एक बिहान छोराछोरीलाई दूध खुवाएर खाना पकाउने सुर गर्दै थिइन् रविता। त्यहीबेला जाडोले कक्रेर छोराको मृत्यु भयो। ‘हामीसँग एक रुपैयाँ थिएन’, रसिलो आँखा पार्दै उनले भनिन्, ‘न न्यानो पार्न सकियो, न त अस्पताल लैजान।’सरकारले तोकेको आधारभूत मानवीय सुविधाबाट कोषौं टाढा छ यो मुसहर बस्ती। छेवैको सार्वजनिक पोखरीको पानीले प्यास मेटाउन विवश यो बस्ती बिजुलीको उज्यालोको कल्पना समेत गर्न नसक्ने अवस्थामा छ।

रविताको घरबाट तीन घर परका ६२ वर्षीय राम एकवाल सदा पनि जनता आवासमै बसिरहेका छन्। त्यो पनि रविताको घरको जस्तै हालतमा छ। अरुका खेतका मुसा खाएर हुर्किएका राम एकवालले १०-१५ वर्षयता मुसा पनि मासिएको अनुभव सुनाए।‘हामीलाई दुःखले कहिल्यै छाडेन’, उनले भने, ‘अर्काको खेतमा काम नगरेको दिन परिवार भोकै बस्छ।

६ सदस्यीय उनको परिवारबाट तीनजना दैनिक काममा जान्छन्। र पनि दुईछाक खान धौधौ परेको उनले सुनाए। ‘भरपेट खाने र न्यानोमा सुत्ने मन कसलाई हुँदैन र !’, राम एकवाल भन्छन्, ‘तर, न्यानोमा सुताउने भनेर हामीलाई सरकारले पनि ठग्यो। सरकारले हेरी छाडेको औरहीको मुसहर बस्तीमा रहेकै बेला अनलाइन न्युज पोर्टलहरुमा समाचार आए:
‘सप्तरीको राजगढ गाउँपालिका- ४, वेल्ही चपेनाका १२ मुसहर परिवारको घरमा डोजर चल्यो। जाडोमा खुला आकासमुनि बास। न्याय माग्दै राजविराजमा आएका उनीहरुले प्रशाससनसँग सुरक्षित बासका लागि आग्रह गरेका छन्। अनलाइनखबर

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...