News Portal

  • कम्युनिस्टका मेयरले बन्द गरेको पसल काँग्रेसका सभापतिले खोलिदिए

    मिलन त्रिताल
    ४९७ पटक

    इटहरी २६, २०७६ माघ : सनकका भरमा इटहरीका मेयर द्वारिकलाल चौधरीले बन्द गरेको इटहरी उपमहानगरपालिकाको अगाडी सुवास साहले सञ्चालन गर्दै आईरहेको न्यु पान पसल इटहरी काँग्रेसका सभापति हेमकर्ण पौडेलले खोलिदिएका छन।

    फ़ोहोर व्यवस्थापनमा समस्या भएको कारण दर्शाउदै माघ २४ गतेको मितिमा पसल बन्द गर्ने व्यहोरा खोली मेयरद्वारा हस्ताक्षरित पत्र पान पसल अगाडि टाँसेर पसल बन्द गरिएको थियो।

    बर्षौदेखी पान पसल चलाएर ५ जनाको परिवार पाल्दै आएका साहले आफुले नियमानुसार नै अन्तशुल्क र कर तिर्दै आईरहेकोमा विगतमा पनि मेयर आफ्नो पसलमा आएर सामान फ्यालिदिने,धम्की दिने गरेको गुनासो सञ्चारपाटी सँग गरे।

    मेयरले गैह्रकानुनी रूपमा बन्द गरेको पसल खोलिदिए पश्चात सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै काँग्रेस सभापति पौडेलले मेयरको अराजकताको पराकाष्ठा नाघेको भन्दै राज्यलाइ कर तिरेर नियमसंगत हिसाबले व्यापार गर्दा पदिय दुरुपयोग गरि गुण्डागर्दी शैलीमा मजदुरको रोजिरोटी खोस्ने काम गरेकाले आफू बाध्य भएर पाटी भन्दा माथी उठेर ताला खोल्न बाध्य भएको बताए।

    रामप्रसाद चौंलागाई प्रकरणमा समेत मुख खोल्दै काँग्रेस सभापति पौडेलले भ्रष्टाचार र कानुन उल्लंघन गर्ने कार्यको कानुनी उपचार रहँदा रहँदै मेयरले रामप्रसाद चौंलागाइलाई कानुनलाई लत्याउदै अन्याय गरेको भन्दै मानवअधिकार, व्यक्तिगत स्वतन्त्रता र विधिको शासनका बिरुद्धमा आफुले कसैसग सम्झौता नगर्ने स्पष्ट पारे।

    कार्यक्रममा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिवस पोखरेलले मेयरको गतिविधी असामान्य भएको भन्दै उद्योग व्यवसाय बन्द गर्ने अराजक गतिविधि फेरि गरे उद्योग वाणिज्य संघ चुप लागेर नबस्ने चेतावनी दिए।

    रेडिमेड व्यवसायी संघ इटहरीका सचिव हरि खतिवडाले नियम कानुन पालना गरेर व्यवसाय गर्दा पनि मेयरको दादागिरी जारी रहे आफुहरु संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर १ गतेको राशिफल

    आज मंसिर १, २०८२ (नोभेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    अरबमा नेपाली श्रमिक शोषण तीव्र – धिरेन सुवेदी

    काठमाडौं – अरब मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ। चम्किला...

    ‘लेखक र मलाई थुन्नु सुशासन हो?’– ओलीको सरकारप्रति टिप्पणी

    काठमाडौं, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश...

    निर्वाचन आयोगमा दल संख्या १२२ कायम, ७ नयाँ दर्ता र ७ खारेज

    काठमाडौँ, कार्तिक ३० – निर्वाचन आयोगले हालसम्म १२२ वटा राजनीतिक दल दर्ता भइसकेको जानकारी दिएको...

    भोलिदेखि कोरियन भाषा परीक्षा सुरु, ६७ हजारभन्दा बढी युवाको सहभागिता

    काठमाडौँ, कार्तिक ३० – कोरियामा रोजगारी खोज्ने नेपाली युवाका लागि आवश्यक कोरियन भाषा परीक्षा भोलिदेखि देशभर...