आज : २०२६-०६-१८, बिहीबार

लुम्बिनी विकास कोषले धिरज राईलाई सद्भावनादूत नियुक्त गर्यो

काठमाडौं । गायक धिरज राईलाई लुम्बिनी विकास कोषले आफ्ना सद्भावनादूतमा नियुक्त गरेको छ। कोषका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले गायक धिरज राईलाई लुम्बिनी विकास कोषको सद्भावनादूतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

भगवान गौतमबुद्ध आफ्नो देशमा जन्मिएका हुन् भन्ने भारतको झुटोदाबी बिरुद्ध गायक धिरज राईले लामो समयदेखि अभियान चलाउँदै आएका थिए। राईले यस अभियान अन्तरगत विश्वका दुई दर्जनभन्दा धेरै देशहरुमा कार्यक्रम गरिसकेका छन् । नेपालमा पनि यस अभियान अन्तरगत थुप्रै कार्यक्रम गरिरहेका छन् ।

नेपाल सरकारले लुम्बिनी बिकास कोषको सद्भावनादूतमा नियुक्त गरेसंगै राईले थप जिम्मेदार बढेको बताउदै “अझै धेरै कार्यक्रम र अभियान चलाउनु पर्ने छ।” भनेर प्रतिक्रिया दिएका छन् भने  आफ्ना फेसबुकमा समेत यस सम्बन्धमा स्पष गरेका छन्। 

भगवान गौतमबुद्ध नेपालमा जन्मिएका हुन् भन्दै उनले विमानस्थलमा होर्डिङबोर्ड राख्ने, पोखराको फेवातालमा रहेको डुङ्गामा  Buddha was born in Nepal बुद्ध वाज वोर्न इन नेपाल लेखेको स्टिकर टाँस्ने अभियान चलाइसकेका छन् ।

भारतले बुद्ध आफ्नो देशमा जन्मिएका हुन् भनेर पाठ्य पुस्तकमै उल्लेख गरेपछि यस्ता झुटाप्रचार र भ्रमचिर्नका लागि धिरज राईले नेपालका नोट साथै राहदानीको पृष्ठभूमिमा समेत भगवान गौतमबुद्धको तस्वीर राख्न स्पष्ट माग गर्दै आएका छन् ।