News Portal

  • जग्गा दलालहरुसँग प्रधानमन्त्रीकै हिमचिम, ओलीका निजी सचिवलाई घर उपहार

    हिमाली संचार संवाददाता
    ५१२ पटक

    काठमाडौं २७, २०७६ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणका १७५ अभियुक्तमाथि मुद्दा दायर गर्नु अघिल्लो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा भनेका थिए। धन्न मैले बालुवाटारमा जग्गा किनेनछु, त्यतिबेला बालुवाटारमै जग्गा पाइएको छ बालकोट किन जाने ? भनेर मलाई केही साथीहरुले सोधेका पनि थिए तर कसोकसो मेरो मन बालकोटमै गयो, बालुवाटारमा किनेको भए बर्बाद हुनेरहेछ।

    प्रधानमन्त्री ओलीले आफ्नो पार्टीका महासचिव विष्णु पौडेलको बचाउका लागि यस्तो अभिव्यक्ति दिएको धेरैले विश्लेषण गरेका छन्, तर सत्यतथ्य अर्कै रहेछ। समाचार स्रोतका अनुसार ओलीले नै पदम पौडेल नाम गरेका एक जना दलालसँग उनको चिनजान हुनु सामान्य कुरा थियो। किनभने पौडेल झापा एमालेका सक्रिय कार्यकर्ता नै थिए।

    जग्गा दलालहरुको फन्दामा नेताहरु नै पर्छन् भने अरुको के कुरा ? नेकपाका महासचिव विष्णु पौडेल पनि यस्तै फन्दामा परेका छन। यस्तो राम्रो लोकेसनको जग्गा यति सस्तोमा किन उपलब्ध हुँदैछ ? भन्ने लेखाजोखा पौडेलले गर्न सकेनन्, उनी लोभिए। लोभले लाभ, लाभले विलाप भने जस्तो भयो यतिबेला।

    समाचार स्रोतका अनुसार झापाका पदम पौडेलले भक्तपुरका सांसद महेश बस्नेतसँग मिलेर डोलेश्वर क्षेत्रमा ३ सय रोपनी जग्गा प्लाटिङ गरी बेचेका छन। ओलीसँग बस्नेतको सुमधुर सम्बन्ध पौडेलले नै बनाइदिएका हुन। एकपटक त बस्नेतलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखिसकेको थियो। त्यसको सुइँको पाउनासाथ भूमाफिया पौडेल कहाँ लुक्न भन्दै महेश बस्नेत पुगे।

    ओलीले ठिकै छ, मेरो जिम्मा भयो भन्ने बचन मात्रै दिएनन्, केही समयपछि बस्नेतलाई मन्त्री बनाइदिए। मोस्ट वान्टेडको सूचीमा राख्ने प्रहरी अधिकृतहरु उल्टो बस्नेतलाई सलोट हान्न बाध्य भए। अहिले पनि पौडेलको पहुँच प्रधानमन्त्री ओलीकहाँ यति बलियो छ कि आफूले चहेकालाई मन्त्री बनाउन सक्छन्, अरु राजनीतिक नियुक्ति दिलाउनु त उनका लागि सामान्य कुरा हो।

    यसैगरी प्रधानमन्त्री ओलीको निजी सचिवालयमा धेरै ठूलो पहुँच राख्ने अर्को माफिया हुन बालकृष्ण शिवाकोटी। माओवादी द्वन्द्वकालसम्म उनी सामान्य काठ व्यापारीका रुपमा चिनिन्थे। दोलखा प्रहरीले उनलाई जडिबुटी तथा विशेष प्रजातिको सल्लो तस्करका रुपमा गोप्य फाइलमा उनको नाम राखेको थियो।

    जबजब मुलुकमा माओवादीको आतंक बढ्दै गयो, तबतब शिवाकोटीको काठ तथा जडिबुटीको कारोबार फस्टाउँदै गयो। अर्बौं रुपैयाँ कमाए। मोटो कमाइ भएपछि उनले तत्कालीन एमालेका प्रभावशाली नेता ओलीको घरमा आवतजावत बढाउन थाले। प्रभावशाली नेता ओलीसँग सिधा पहुँच भएपछि उनलाई प्रहरी प्रशसनले छुन सक्ने कुरै भएन।

    शिवाकोटीले आफ्नो व्यवसाय दिन दुगुणा रात चौगुणा बढाउँदै लगे। प्रधानमन्त्री ओलीले उनलाई अघिल्लोपटक प्रधानमन्त्री हुँदा पनि लगानी बोर्डको सदस्यमा मनोनीत गरेका थिए, यसपटक पनि मनोनीत गरेका छन।

    समाचार स्रोतका अनुसार शिवाकोटीको देखिने गरी लगानी मेगा बैंक, कालिञ्चोक केवलकारलगायत १७ वटा उद्योग व्यवसायमा छ तर, नदेखिने लगानी त सयौं उद्योग व्यवसायमा छ।

    गौशालास्थित पशुपति भिजनको सञ्चालक पनि शिवाकोटी नै हुन। उनको आमाले ओलीलाई तिहारमा टीका लगाइदिने गर्थिन। नेपाल ट्रस्टको गोकर्णमा रहेको करिब तीन सय रोपनी जग्गा, पाथीभरा क्षेत्रको करिब ५ सय रोपनी जग्गा, धरानको ९० विघा जग्गा असीमित समयका लागि आफ्नो नाममा पार्न सफल आङछिरिङ शेर्पाले प्रधानमन्त्री ओलीको विश्वास कसरी जिते ?

    उनको कम्पनीले जे जे माग्यो आँखा चिम्लेर त्यही त्यही दिन प्रधानमन्त्री ओली किन बाध्य भए ? भन्ने प्रश्नले यतिबेला मुलुकको बजार ओगटेको छ। समाचार स्रोत अनुसार प्रधानमन्त्री ओलीका निजी सचिव तथा नाताले सालो पर्ने राजेश बज्राचार्यमार्फत आङछिरिङ शेर्पा ग्रुप प्रधानमन्त्री ओलीको भण्डारमा छिरेको हो, तरुणसाप्ताहिकमा उल्लेख छ।

    यसका लागि शेर्पा ग्रुपले केही वर्षअघि भक्तपुर बालकोटस्थित रोजभिलेज हाउजिङ कम्पनीको ३ करोड ५० लाख रुपैयाँ पर्ने एउटा घर उपहारका रुपमा उपलब्ध गराइदिएका थिए। राजेशकी श्रीमती डाक्टर छिन। बालुवाटारमा बसेर प्रधानमन्त्री ओलीलाई औषधि खुवाउने जिम्मा उनले नै पाएकी छिन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक २२ गतेको राशिफल

    आज कार्तिक २२, २०८२ (नोभेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...