News Portal

सिम्ता गाउँपालिकामा स्वास्थ्यकर्मी संघ र कर्मचारी युनियन संघ गठन

हिमाली संचार संवाददाता
७११ पटक

सिम्ता २७, २०७६ माघ : सुर्खेतको सिम्ता गाउँपालिकामा कर्मचारीहरुको भेलाबाट नेपाल स्वास्थ्यकर्मी संघ सिम्ता गाउँ कार्यसमिति गठन गरिएको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा डोटी गिरी, उपाध्यक्षहरु द्वय दिपा सिंह र सुमन पौडेल, सचीवमा धन बहादुर महतरा र सहसचीवमा बर्षा राना चयन भएका छन। त्यस्तै सदस्यहरुमा उदय बिसी, कले बादी, कुल बहादुर हमाल र कमला पोखरेल रहेका छन।

निजामति कर्मचारी युनियन संघ गठन

कर्मचारीहरुकै भेलाबाट निजामति कर्मचारी युनियन संघ सिम्ता गाउँ कार्यसमिति पनि गठन गरिएको छ।

सो कार्यसमितिको अध्यक्षमा जंग बहादुर खड्का, उपाध्यक्षमा कमला पोखरेल, सचीवमा कुल बहादुर हमाल र सहसचीव गणेश बहादुर महतरा चयन भएका छन। त्यस्तै उक्त कार्यसमितिको सदस्यहरुमा लोक बहादुर शाही, बिजया चन्द र उदय कुमारी बिसी रहेका छन।

सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सदस्य बिरेन्द्र रावत, स्वास्थ्यकर्मी संघका केन्द्रिय उपाध्यक्ष किरण वली, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य भिम बहादुर मल्ल, वडा नम्बर ४ बजेडिचौरका सभापति अशोक केसी, वडा नम्बर ७ काप्रीचौरका तरुणदल अध्यक्ष गङगाराम सापकोटा, बजेडिचौरका यूवा समाजसेवी पुर्ण पौडेललगायतका नेता तथा कर्मचारीहरुको उपस्थिति थियो।

कार्यक्रममा नेपाल स्वास्थकर्मी संघका केन्द्रिय उपाध्यक्ष किरण वली, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सदस्य बिरेन्द्र रावत, स्वास्थ्यकर्मी संघ कर्णाली प्रदेशका सचिव सेर बहादुर खत्री, नवगठित स्वास्थ्यकर्मी संघ सिम्ता गाउँ कार्यसमितिका सचीव धन बहादुर महतरा र तरुणदल काप्रीचौरका अध्यक्ष गङगाराम सापकोटालगायतका नेता तथा कर्मचारीहरुले मन्तव्य राखेका थिए।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...