News Portal

सिम्ता गाउँपालिकामा स्वास्थ्यकर्मी संघ र कर्मचारी युनियन संघ गठन

हिमाली संचार संवाददाता
६५५ पटक

सिम्ता २७, २०७६ माघ : सुर्खेतको सिम्ता गाउँपालिकामा कर्मचारीहरुको भेलाबाट नेपाल स्वास्थ्यकर्मी संघ सिम्ता गाउँ कार्यसमिति गठन गरिएको छ।

नवगठित कार्यसमितिको अध्यक्षमा डोटी गिरी, उपाध्यक्षहरु द्वय दिपा सिंह र सुमन पौडेल, सचीवमा धन बहादुर महतरा र सहसचीवमा बर्षा राना चयन भएका छन। त्यस्तै सदस्यहरुमा उदय बिसी, कले बादी, कुल बहादुर हमाल र कमला पोखरेल रहेका छन।

निजामति कर्मचारी युनियन संघ गठन

कर्मचारीहरुकै भेलाबाट निजामति कर्मचारी युनियन संघ सिम्ता गाउँ कार्यसमिति पनि गठन गरिएको छ।

सो कार्यसमितिको अध्यक्षमा जंग बहादुर खड्का, उपाध्यक्षमा कमला पोखरेल, सचीवमा कुल बहादुर हमाल र सहसचीव गणेश बहादुर महतरा चयन भएका छन। त्यस्तै उक्त कार्यसमितिको सदस्यहरुमा लोक बहादुर शाही, बिजया चन्द र उदय कुमारी बिसी रहेका छन।

सो कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सदस्य बिरेन्द्र रावत, स्वास्थ्यकर्मी संघका केन्द्रिय उपाध्यक्ष किरण वली, नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सदस्य भिम बहादुर मल्ल, वडा नम्बर ४ बजेडिचौरका सभापति अशोक केसी, वडा नम्बर ७ काप्रीचौरका तरुणदल अध्यक्ष गङगाराम सापकोटा, बजेडिचौरका यूवा समाजसेवी पुर्ण पौडेललगायतका नेता तथा कर्मचारीहरुको उपस्थिति थियो।

कार्यक्रममा नेपाल स्वास्थकर्मी संघका केन्द्रिय उपाध्यक्ष किरण वली, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सदस्य बिरेन्द्र रावत, स्वास्थ्यकर्मी संघ कर्णाली प्रदेशका सचिव सेर बहादुर खत्री, नवगठित स्वास्थ्यकर्मी संघ सिम्ता गाउँ कार्यसमितिका सचीव धन बहादुर महतरा र तरुणदल काप्रीचौरका अध्यक्ष गङगाराम सापकोटालगायतका नेता तथा कर्मचारीहरुले मन्तव्य राखेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...