News Portal

मन्दिरका बहुमुल्य सामाग्री चाेरी गर्ने ब्यक्तिलाई गर्‍यो रंगेली प्रहरीले सार्वजनिक

रबिन्द्र बराल
४७५ पटक

मोरङ : रंगेली नगरपालिका-७ स्थित चिस्याङ खाेलाकाे बगरमा रहेको ऐतिहासिक महत्त्वको संसारीमाई मन्दिरमा चोरी गर्ने व्यक्तिलाई रंगेली प्रहरीले पक्राउ गर्न सफल भएको छ।

मंन्दिर परिसरमा रहेको CCTV को सहयोगमा चाेर पक्राउ गर्न प्रहरीलाई सहज भएको हाे। प्रहरीले रंगेली नगरपालिका वडा नं.-३ स्थित रन्जनी घर भएका २६  बर्षका भुवन पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले  CCTV काे भिडियोकाे आधारमा पराजुलीलाई पक्राउ गर्ने सफल भएको हाे। प्रहरीले उनको घरबाट  चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री र पित्तलको गणेश र छोटी माताको पुरानो मुर्तीसहित मन्दिरका बहुमूल्य बस्तु बरामद गरेको छ। 

चाेरी गर्न आउने क्रममा ज १२ प ५४६८ मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। सास्कृतिक सम्पदा मन्दिरमा चोरी मुद्धा दर्ता गरी कार्वाही प्रकृया प्रहरीले अघि बढाएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...

सन्सारीमाई मन्दिरमा पर्यटन मन्त्री पराजुलीको निरीक्षण, साता दिनभित्र शौचालय सञ्चालनको निर्देशन

मोरङ– मोरङको सन्सारीमाई मन्दिरमा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले शनिबार बिहान...

आदर्श मावि रंगेलीको ४१औँ उत्सवमा हिमाली संचारका पत्रकार बराल सम्मानित

रंगेली– मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो ४१औँ वार्षिक उत्सव तथा...

धुवाँभित्र देखिएको अनुहार

ठमेल – काठमाडौँको ठमेलस्थित एक डान्स क्लबमा शुक्रबार राति भएको रङ्गीन माहोलभित्र एउटा भावुक क्षणले...