News Portal

मन्दिरका बहुमुल्य सामाग्री चाेरी गर्ने ब्यक्तिलाई गर्‍यो रंगेली प्रहरीले सार्वजनिक

रबिन्द्र बराल
५१९ पटक

मोरङ : रंगेली नगरपालिका-७ स्थित चिस्याङ खाेलाकाे बगरमा रहेको ऐतिहासिक महत्त्वको संसारीमाई मन्दिरमा चोरी गर्ने व्यक्तिलाई रंगेली प्रहरीले पक्राउ गर्न सफल भएको छ।

मंन्दिर परिसरमा रहेको CCTV को सहयोगमा चाेर पक्राउ गर्न प्रहरीलाई सहज भएको हाे। प्रहरीले रंगेली नगरपालिका वडा नं.-३ स्थित रन्जनी घर भएका २६  बर्षका भुवन पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रहरीले  CCTV काे भिडियोकाे आधारमा पराजुलीलाई पक्राउ गर्ने सफल भएको हाे। प्रहरीले उनको घरबाट  चाँदीको मुकुट, छत्र, त्रिशुल, सिक्री र पित्तलको गणेश र छोटी माताको पुरानो मुर्तीसहित मन्दिरका बहुमूल्य बस्तु बरामद गरेको छ। 

चाेरी गर्न आउने क्रममा ज १२ प ५४६८ मोटरसाईकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ। सास्कृतिक सम्पदा मन्दिरमा चोरी मुद्धा दर्ता गरी कार्वाही प्रकृया प्रहरीले अघि बढाएको ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...