News Portal

भोगाई आफ्नो (कविता)

हिमाली संचार संवाददाता
८०१ पटक

सपनीमा तिमीलाई देख्न पाएपनि
अंगालोमा तिमीलाई बेर्ने मन छ नि
तिमी कहाँ छितीज पारी म एक गाउँ
हृदयको माया अनि जीबन तिम्रै नाउँ

हरपल हर घडी तिम्रै संझनामा
नयनभरी तिम्रो तस्बिर मुटुभरी माया
किन लाग्छ तिम्रो माया हिजो भन्दा आज धेरै
भुल गरेकी छु कि मैले कतै गल्ती हो कि मेरै??

जिन्दगीको गोरेटोमा तिमीलाई भेटेपछि
रंगिएछ मेरो जीबन तिमीले साथ दिएपछि
तिमी मेरो जिन्दगीको आशा अनि अभिलाषा
जीबनभरी नछुट्टिने गरीदेउ मिठो बाचा

कुरीति र कुसस्कारको पछि लाग्दा पहिले पहिले
जीबनको खुशी कस्तो केही थाहा पाईन मैले
कुल घरानको ईज्जत राख्दा आफ्नो खुशी दाउमा पर्यो
मनभित्रको चाहना र ईच्छा पनि मन भित्रै मर्यो।।।

गीता खाती बि.क.(दुरदर्शी)
बालकल्याण आधारभुत विद्यालय हुप्सेकोट कोल्हिया, नवलपुर

प्रतिकृया दिनुहोस्

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...