News Portal

हात्तीपाइले रोगविरुद्धको औषधि वितरण

हिमाली संचार संवाददाता
३९५ पटक

उर्लाबारी । हात्तीपाइले रोगविरुद्धको औषधि वितरण कार्यक्रम मोरङको उर्लाबारीका ९ वटै वडामा आजदेखि सुरु भएको छ ।

उर्लाबारीका ९ वटै वडामा वडाध्यक्षहरुले औषधि सेवन गरी कार्यक्रमको उद्घाटन गरी औषधि वितरण कार्यक्रम सुरु भएको हो । उर्लाबारीका नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मी भण्डारीले पनि औषधि सेवन गरी सम्पूर्ण नगरबासीलाई औषधि सेवनका लागि अपिल गरेका छन् ।

उर्लाबारी नगरपालिकाभरी ३३ जना तालिमप्राप्त स्वास्थ्यकर्मीहरु हात्तिपाइले रोगविरुद्धको औषधि वितरणमा खटिएको उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका सह–संयोजक सुरेश खड्काले जानकारी दिए ।

हात्तीपाइले रोगको औषधी गर्भवती, सिकिस्त बिरामी, मुटु, क्यान्सर, मृगौला, छारे रोग भएका, दुई वर्षभन्दा कम उमेरका बालबालिका, कुपोषण भएका ५ वर्षमुनिका बालबालिकालाई बाहेक सबैले सेवन गर्न सक्ने सह–संयोजक खड्काको भनाई छ ।

यो वर्ष उर्लाबारी नगर क्षेत्रबाट ६० हजारभन्दा बढीलाई हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने लक्ष्य रहेको स्वास्थ्य शाखाका रेनुकाप्रसाद काफ्लेले बताए । गत बर्ष ७१ प्रतिशतलाई औषधि सेवन गराएको उनले जानकारी दिए । यो बर्ष ८१ प्रतिशतलाई हात्तिपाइले रोगविरुद्धको औषधि सेवन गराइनेछ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुवेतमा घरेलु कामदार ओसारपसारमा संलग्न सुशीला थारू पक्राउ

काठमाडौं — कुवेतमा नेपाली घरेलु कामदार ओसारपसार तथा मानव तस्करीमा संलग्न एक गिरोहका सदस्य पक्राउ...

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...