News Portal

रंगेलीस्थित संसारीमाई मन्दिरमा चाेरी

रबिन्द्र बराल
५१३ पटक

मोरङ, माघ २४ बिहीबार : मोरङको रंगेली नगरपालिका ७ स्थित चिस्याङ खाेलाकाे बगरमा रहेको संसारीमाई मन्दिरमा चोरी भएको छ। मातालाई लागई दिएकाे चाँदिका गहना, सानो पितलको मुर्ति, गणेशकाे प्रतिमा, गहरगहना सहित चोरी भएको हाे।

मन्दिरबाट ५० तोलाको छत्र सहित एक थान मुकुट, ३ थान त्रिशुल, ३ थान सिक्री, र गणेशको समेत मुर्ति चोरी भएको हाे। राति १० बजेर ५४ मिनेटमा मन्दिरको घेरा नाघेर मुख्य मन्दिर भित्र छिरेर माता संसारीलाई लगाएको गरगहना चोरी भएको ब्यवस्थापन समितिले जनाएको छ।

यता इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले मन्दिरमा जडान रहेको सिसिटिभिमा घटना रेर्कड भएकाले फुटेजबाट घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जानकारी दिए।


यसअघि समेत मन्दिरका गहना चोरी भएपछी मन्दिर समितिले एक वर्ष अघि मन्दिर परिषरमा ७ वटा सिसिटिभि जडान गरेको थियोे।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...