News Portal

  • नेपाल एयरलाइन्सले विमान किन्दा एयरबससँग घुस लिएको पुष्टि

    हिमाली संचार संवाददाता
    ३०४ पटक

    काठमाडौँ २१, २०७६ माघ : नेपाल एयरलाइन्सले विमान किन्दा एयरबससँग घुस लिएको पुष्टि भएको छ।

    विमान निर्माता कम्पनी एयरबसले आफ्नो विमान बिक्री गराउन गैरकानूनी तरिकाले विभिन्न देशको एयरलाइन्स कम्पनीका अधिकारीहरुलाई घुस दिएको जनाइएको छ।

    त्यसरी घुस दिएका जहाज कम्पनीहरुमा नेपाल एयरलाइन्सको नाम समेत जोडिएको छ।

    एयरबसले विश्वमा विमान बिक्रीको प्रतिस्पर्धामा आफूलाई अब्बल देखाउन त्यसरी गैरकानूनी रुपमा कमिसन दिने गरेको आरोप लागेपछि त्यसबारे छानविन गर्न एउटा स्वतन्त्र न्यायिक समिति गठन गरिएको थियो।

    सो समितिमा उड्डयन क्षेत्रसँग सम्बन्धित फ्रान्सेली, अमेरिकी र बेलायती नियामक निकायहरुको संलग्नता थियो।

    सो समितिले लामो अनुसन्धान गरेपछि एउटा रिपोर्ट दियो जसमा एयरबसले घुस दिएर विमान बिक्री गरेको निष्कर्ष निकालिएको थियो।

    त्यसरी कमिसन दिइएका कम्पनीहरुमा एभियन्का, एयर अरेबिया, कोरियन एयर, चाइना एयर र नेपाल एयरलाइन्स रहेको रिपोर्टमा उल्लेख गरिएको जनाइएको छ।

    त्यस्तो निष्कर्षपछि लण्डनको रोयल कोर्ड अफ जस्टिसले एयरबस निर्माता कम्पनी एरोबस ग्रुपलाई बिगो र जरिवाना समेत गरी ३.६ बिलियन युरो तिराउने फैसला गरेको छ।

    सो अदालतले एयरबसमाथि अनधिकृत घुसखोरी रोक्न नसकेको भन्दै त्यस्तो जरिवानाको फैसला सुनाइएको हो।

    उक्त रकम एयरबसले फ्रान्सका नियामक निकायलाई २.१ विलियन युरो, बेलायतको नियामकलाई ९८३ मिलियन युरो तथा अमेरिकाको नियामकलाई ५३० मिलियन युरो भुक्तानी गर्नुपर्नेछ।

    सो रकम बराबर जरिवाना तिर्ने विषयमा एयरबसले सहमति जनाइसकेको छ।

    एयरबसले घुस दिएको प्रकरणबारे छानबिन गर्न बनेको न्यायिक समितिले अनुसन्धानको क्रममा ३ करोड भन्दा बढी कागजातहरु माग गरिएको जनाइएको छ।

    त्यस क्रममा विश्वभर रहेका एयरबस र सम्बद्ध कम्पनीका अधिकारीहरुसँग सोधपुछ गरिएको समेत थियो। एयरबसले सन् २००८ देखि २०१५ सम्म त्यसरी गैरकानूनी रुपमा घुस दिएर आफ्नो विमान बिक्री गरेको थियो।

    ‘घुसबारे ४ वर्ष पछि एउटा निष्कर्षमा पुगिएको छ जुन भ्रष्टाचार निवारणका लागि एउटा कोशेढुङ्गा हो’ अदालतको फैसलापछि लण्डन उच्च अदालतका वरिष्ठ न्यायाधीश भिक्टोरिया सार्पले भने।

    यो कदमलाई फ्रान्समा भएको भ्रष्टाचार निवारण सुधारको लागि ठूलो कदम भनिएको छ। नेपाल एयरलाइन्सले सन् २०१५ मा ए३२० मोडलका २ ओटा न्यारोबडी जहाज किनेको थियो।

    सो खरिद गर्दा नेपाल एयरलाइन्सका अधिकारीहरुलाई घुस दिनका लागि एयरबसले ३ लाख ४० हजार युरो छुट्याएको जनाइएको छ।

    सो खरिद गर्दा निगमको महाप्रबन्धकमा मदन खरेल थिए। उनी कार्यकारी अध्यक्ष भएर केही समय अघि मात्रै राजीनामा दिएर बाहिरिएका छन।

    उक्त घुस प्रकरणबारे बुझ्दा नेपाल एयरलाइन्समा हाल कार्यबाहक रुपमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिरहेका गणेशबहादुर चन्द भने आफूहरुलाई यसबारे केही थाहा नहुने बताउँछन।

    ‘हामीलाई केही थाहा हुँदैन, त्यो त्यसबेला नेतृत्वमा रहेका अधिकारीहरुलाई नै थाहा होला,’ उनले भने। खरेल भने अहिले विदेशमा छन। रातोपाटिबाट।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...