News Portal

सन्थाल समुदायको दिसोम सोहराय मनाए

हिमाली संचार संवाददाता
३४४ पटक

रबिन्द्र बराल–  सन्थाल समुदायको दिसोम सोहराय पर्व संरक्षण गर्ने उद्धेश्यसहित रंगेली नगरपालिका ४ का सन्थाल समुदाय हरुले एक कार्यक्रम गरिएको छ ।
रंगेली सन्थाल समाजको आयोजनामा जनता माध्यमिक विद्यालयकाे प्राङ्गणमा कार्यक्रमकाे अायाेजना गरेको थियो । सो क्षेत्रमा बसाबास गर्दे अाएका सन्थाल समुदायले प्रत्येक बर्ष मनाउँदै अाएका दिसोम सोहराय पर्व
माघ १५ बाट मनाउन शुरु गरेको छ । पर्वको चौथो दिन एकीकृत कार्यक्रम समेत गरिएको छ । नगरपालिकाका विभिन्न वडामा बसोबास गर्ने सन्थाल समुदायले सहभागिता समेत रहेको थियोे । अन्य समुदायलाई दिसोम सोहराय पर्वको बिषयमा जानकारी दिन तथा संरक्षण गर्ने उद्धेश्य सहित पहिलोपटक एकीकृत कार्यक्रम गरिएको कार्यक्रम संयोजक परमेश्वर मुर्मुले बताए । पछिल्लो समय आफु अनुकुल पर्व मनाउने प्रचलन शुरु भएकाले एकरुपता ल्याउन समेत कार्यक्रम गरिएको उहाँको भनाई छ । कार्यक्रम काे प्रमुख अतिथि रंगेली नगरपालिका उपमेयर केशब कुमारी खराल , कार्यक्रम अध्यक्ष बिश्वनाथ मुर्मु प्रमेश्वर मुर्मु , लखिराम मुर्मु लगायत हरु उपस्थिति समेत रहेको छ ।
सो अवसरमा सोहराय पर्वमा ६ दिनसम्म मनाईने बेग्लाबेग्लै स्वरुपको प्रर्दशन गरिएको थियो । सन्थाल समुदाय मन्झी प्रथामा आधारित रहेर संचालन हुँदै आएका कारण कार्यक्रममा विभिन्न वडाका २५ जना झाक्रि हरु काे समेत सहभागि रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...