
खगेन्द्र बुढा/कालीकोट-माघ १९ – कर्णालि प्रदेश स्तरिय सहकारी संघ लि.का सचिव तथा हिमचुलि कृषि सहकारी संस्था लि.का अध्यक्ष कालीबहादुर महताराले कुनै पनि मानिसले कर्जा लिएर धनि बन्न सक्दैन तर कमाई गरेको रकम बचत गरेमा मात्र धनि बन्ने ठोकुवा गर्नु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा आज हिमचुली कृषि सहकारी संस्था लि.को कुमालगाउँ सेवा कार्यालय स्तरिय अर्धवार्षिक समिक्षा तथा केन्द्र प्रमुखहरुकाे गोष्ठिमा अध्यक्ष महताराले सो कुराले बताउनु भएको छ ।
संस्थाको कुमालगाउँ सेवा कार्यालयका व्यवस्थापक मनिका बोहराको अध्यक्षता तथा संस्थाका अध्यक्ष कालि बहादुर महताराको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा सहकारी संस्थाका गठित समुहहरुका अध्यक्षहरुको ५० जना महिलाहरुको उपस्थितिमा भएको हो । उक्त कार्यक्रममा सेवा कार्यालयले आर्थिक वर्ष २०७६/०७७मा छ महिनामा भए गरेका कार्यक्रमहरुको समिक्षा र आगामी कार्यक्रमका बारेमा छलफल सहित केन्द्र व्यवस्थापन सम्बन्धि ११ बुदे प्रतिवद्धता सहित सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा संचालक समिति सदस्य सम्झना बुढाको स्वागत मन्तव्य र लेखासहायक पुष्प प्रसाद उपाध्यायले संचालन गर्नु भएको कार्यक्रममा संस्थाको समग्र विषयमा मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले मन्तव्य राख्नु भएको थियो । त्यसै गरी गठित केन्द्रलाई व्यवस्थापन गर्नका लागि केन्द्रका प्रमुखहरुले खेल्नु पर्ने भुमिकाका विषयमा संस्थाका आन्तरिक लेखापरिक्षक रुपेन्द्र बहादुर ऐडीले समेत भनाइ राख्नु भएको फिल्ड सहयाक दिल बहादुर भण्डारीले बताउनु भएको छ । हिमचुलि कृषि सहकारी संस्था लि.को जिल्लाका पिलि,पादमघाट,गाल्जे र रास्कोटमा समेत अर्धवार्षिक समिक्षा तथा केन्द्र प्रमुख गोष्ठिहरु हुने बताइएको छ ।
