
काठमाडौँ। नेपाल सरकारले चीनको हुबेई प्रान्तमा रहेको सबै नेपालीहरुको उद्धार गर्ने भएको छ । चीनमा रहेको नेपाली राजदूतावासले शनिबार सूचना प्रकाशित गर्दे त्यहाँ रहेका नेपालीहरुको उद्धार गरिने बताएको हो।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुबेईमा रहेका नेपालीलाई फर्काउन जहाज तयारी अवस्थामा राखेका बताएका थिए। दूतावासले हुबेईमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको छ। नेपाल फर्किनका लागि हुवेईमा रहेका नेपालीहरुले आवश्यक फर्म भर्नुपर्ने छ। यो फर्म राजदूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ। नेपाल फर्किन चाहने नेपालीहरुले फर्म बुझाएपछि त्यही अनुसार विमानको व्यवस्था गरिने जनाएको हो।
नेपाली दूतावासले दिएको ठेगानामा स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख ९ बजेभन्दा अघि पठाइसक्नु पर्नेछ। हरेक पासपोर्ट भएका व्यक्तिले छुट्टै फर्म भर्नुपर्ने छ। त्योभन्दा पछि फर्म दिएमा स्वीकार्य नहुने साथै फर्किन चाहने व्यक्तिहरुले दूतावासले तोकेको प्रक्रिया पूरा गर्नुपर्ने छ।
नाबालिगको हकमा अभिभावकले फर्म भर्दिनुपर्नेछ। यससँग कुनै दुविधा भएमा दूतावासको नम्बर १५७० १२८५७ ६३ मा सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले दिएको फर्म भर्नका लागि👉 यो लिंकमा 👈 जानुपर्ने हुन्छ। दुबिधा भएमा उल्लेखित नम्बरमा सम्पर्क गर्नु भनिएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
