News Portal

हुबेईमा रहेका नेपालीको उद्धार हुदै, फर्म भर्ने मिति आज ९ बजे सम्म

हिमाली संचार संवाददाता
५५९ पटक

काठमाडौँ। नेपाल सरकारले चीनको हुबेई प्रान्तमा रहेको सबै नेपालीहरुको उद्धार गर्ने भएको छ । चीनमा रहेको नेपाली राजदूतावासले शनिबार सूचना प्रकाशित गर्दे त्यहाँ रहेका नेपालीहरुको उद्धार गरिने बताएको हो।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुबेईमा रहेका नेपालीलाई फर्काउन जहाज तयारी अवस्थामा राखेका बताएका थिए। दूतावासले हुबेईमा रहेका सबै नेपाली नागरिकलाई विच्याटमार्फत सूचना दिइसकेको छ। नेपाल फर्किनका लागि हुवेईमा रहेका नेपालीहरुले आवश्यक फर्म भर्नुपर्ने छ। यो फर्म राजदूतावासको वेबसाइटमा गएर हेर्न सकिनेछ। नेपाल फर्किन चाहने नेपालीहरुले फर्म बुझाएपछि त्यही अनुसार विमानको व्यवस्था गरिने जनाएको हो। 

नेपाली दूतावासले दिएको ठेगानामा स्थानीय समयअनुसार फेब्रुअरी २ तारिख ९ बजेभन्दा अघि पठाइसक्‍नु पर्नेछ। हरेक पासपोर्ट भएका व्यक्तिले छुट्टै फर्म भर्नुपर्ने छ। त्योभन्दा पछि फर्म दिएमा स्वीकार्य नहुने साथै फर्किन चाहने व्यक्तिहरुले दूतावासले तोकेको प्रक्रिया पूरा गर्नुपर्ने छ।

नाबालिगको हकमा अभिभावकले फर्म भर्दिनुपर्नेछ। यससँग कुनै दुविधा भएमा दूतावासको नम्बर १५७० १२८५७ ६३ मा सम्पर्क गर्न आग्रह गरिएको छ। दूतावासले दिएको फर्म भर्नका लागि👉 यो लिंकमा 👈 जानुपर्ने हुन्छ। दुबिधा भएमा उल्लेखित नम्बरमा सम्पर्क गर्नु भनिएको छ।  

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...