News Portal

माेरङका विभिन्न स्थानमा ससस्त्र प्रहरी वलको भवन उद्घाटन

रबिन्द्र बराल
४६९ पटक

माघ १८ शनिवार । पुर्वि तराईका जिल्लाहरुमा ससस्त्र प्रहरीले खुल्ला सिमानाका कारण भारतीय क्षेत्रहरुमा हुने अपराधीक गतिविधि नियन्त्रणका लागि नेपाल बोर्डर आउट पोष्‍ट  स्थापनालाई  तिव्रता दिएकाे छ । वडदाे सुरक्षा चुनाैतिलाई मध्य नजर राख्दै सिमा क्षेत्रमा चाेरी , तस्करी, लुटपाट जस्ता घटनाहरु निरन्तर हुदै आएको र त्यसता घटना हुन नदिनका लागि  नेपाल सरकारले  प्रदेश नम्बर १ मा १२४ स्थानमा विओपि स्थानपा गर्ने निर्देशन दिएको छ।

अहिले सिमाबर्ति क्षेत्रहरुमा यसलाई प्राथमिकताका साथ अगाडि बडाएकाे छ। रंगेली नगरपालिका ४ स्थित चाेप्राहामा रहेको  सशस्‍त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्‍टको नवनिर्मित भवन उद्धघाटनका क्रममा  सशस्‍त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्‍त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र बहादुर थापाले भने पछिल्लो समयमा सुनसरीका ४ स्थान, माेरङकाे ३ स्थान र झापकाे ५ वटा स्थानमा बिओपि स्थापना गरिएको र  पुस २९ गते प्रदेश १ कै उत्तरी सिमानाको किमाङथान ईलाकामा समेत विओपि स्थापना गरिएको साथै  दुर्गम क्षेत्र रहेको सङ्खुवा सभा देखि १ दिन बसको यात्रा पारगरि पुनः ३ दिन सम्म हिडेर जानुपर्ने चाईनाकाे बाेडरमा समेत बिओपि  स्थापना गरिएको  र वाेलाङचुङ गाेलामा समेत विओपि स्थापना गरिने तयारीमा रहेको थापले बताए। अहिले माेरङकाे सिमाबर्ति क्षेत्रको स्थानमा रहेको साथै थप ३ स्थानमा निर्माण हुन बाँकी रहेको समेत उनले बताए।

रंगेली नगरपालिका ४ मा रहेको ससस्त्र प्रहरी बिओपिले आफ्नो भवनको उद्घाटन समेत गरेका हुन। उक्त कार्यक्रमका प्रमुख अतिथी सशस्‍त्र प्रहरी बल,नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति  सशस्‍त्र प्रहरी नायव महानिरीक्षक नगेन्द्र बहादुर थापाले भवनकाे बिधिवत रुपमा उद्घाटन गरेका थिए। उक्त कार्यक्रममा कङकालिनि मोरङ्गका गणपति सशस्‍त्र प्रहरी उपरीक्षक नेत्र बहादुर कार्की, रंगेली बिओपिका  ससस्त्र प्रहरी रंगेलीका प्रहरी निरिक्षक जितेन्द्र बस्नेत , नगरपालिकाको वडाध्यक्ष घन्श्याम पनेरू, स्थानिय राजनैतिक दलका प्रतिनिधि,  समाजसेवी, महिलाहरुकाे उपस्थिति समेत रहेको थियो। साे कार्यक्रममा जग्गादाता  दामोदर मण्डलले  २.५ कठ्ठा    तारणी मण्डलले  १.५ कठ्ठा   जग्गा दिएका थिए । जग्गा दाताहरुलाई   दाेसल्लाहा ओढाएर सम्मान समेत गरिएको थियोे । 

प्रदेश नं. १ आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सशस्‍त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्‍टको भवन निर्माण कार्यको लागि बालाजी निर्माण सेवा सिरहाले  ३२६,४७३७।- (बत्तीस लाख, चौसठी हजार सातसय सैतीस रुपैयाँ) ठेक्का पारेको थियो । व्यारेकमा  एउटा आईरन गेट, कम्पाउण्डवाल, साथै बाउण्ड्री वाल फेन्सिङ्ग वायर र डिउटी पोष्‍ट निर्माण कार्यको समेत गरिएको छ ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...