News Portal

बागलुङमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

हिमाली संचार संवाददाता
५३० पटक

बागलुङ १८, २०७६ माघ : बागलुङको तमानखोलामा घरायसी विवादपछि श्रीमान र श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ।

तमानखोला गाउँपालिका–१ बोङगादोभानका ६४ वर्षीय रविलाल बिकलाई श्रीमती ६० वर्षीय जमुनाले कुटेकी थिइन।

कुट्दै गर्दा बुधबार राति घरको भित्तामा ठोक्किाएर घटनास्थलमै उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ।

घरायासी विवादमा झगडा भएपछि श्रीमतीले धकेल्दा रविलालको टाउकाे घरको भित्तामा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए।

घटनापछि प्रहरीले मृतककी श्रीमतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...