News Portal

पर्वतमा हतियारसहित एक जना पक्राउ

हिमाली संचार संवाददाता
४५८ पटक

पर्वत १८, २०७६ माघ : पर्वतको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा हतियारसहित लागुऔषध कारोबार गर्ने एक युवक पक्राउ परेका छन। स्थानीय झिल्लीबर्याङका ३० वर्षिय मुक्त बहादुर आले मगरलाई प्रहरीले बिहीवार दिउँसो पक्राउ गरेको हो।

मगरले लागु औषध बिक्री बितरण गर्दै आएको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएकोे टोलीले उनको घरवाटै पक्राउ गरेको जानकारी दिएको छ।

साथै घरभित्र बोरामा लुकाई राखेको अवस्थामा गाँजा जस्तो देखिने खैरो पदार्थ १ किलो ३०० ग्राम र चरेश जस्तो देखिने खैरो पदार्थ ५० ग्राम बरामद गरेको छ। त्यसैगरी उनकै घरमा लुकाई राखेको १२ बोरको एकनाले बन्दुक एक थान पनि बरामद गरिएको थियो।

मगरलाई लागु औषध सम्बन्धी कसुर र हात हतियार खरखजाना सम्बन्धी एकिकृत कसुरमा बिहीवार देखी लागु हुने गरी अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिएको नेपालसमाचारपत्रमा खबर छ

प्रतिकृया दिनुहोस्

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...