News Portal

पर्वतमा हतियारसहित एक जना पक्राउ

हिमाली संचार संवाददाता
५०० पटक

पर्वत १८, २०७६ माघ : पर्वतको मोदी गाउँपालिका वडा नं. १ भुकताङ्लेमा हतियारसहित लागुऔषध कारोबार गर्ने एक युवक पक्राउ परेका छन। स्थानीय झिल्लीबर्याङका ३० वर्षिय मुक्त बहादुर आले मगरलाई प्रहरीले बिहीवार दिउँसो पक्राउ गरेको हो।

मगरले लागु औषध बिक्री बितरण गर्दै आएको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट गएकोे टोलीले उनको घरवाटै पक्राउ गरेको जानकारी दिएको छ।

साथै घरभित्र बोरामा लुकाई राखेको अवस्थामा गाँजा जस्तो देखिने खैरो पदार्थ १ किलो ३०० ग्राम र चरेश जस्तो देखिने खैरो पदार्थ ५० ग्राम बरामद गरेको छ। त्यसैगरी उनकै घरमा लुकाई राखेको १२ बोरको एकनाले बन्दुक एक थान पनि बरामद गरिएको थियो।

मगरलाई लागु औषध सम्बन्धी कसुर र हात हतियार खरखजाना सम्बन्धी एकिकृत कसुरमा बिहीवार देखी लागु हुने गरी अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक विकास थापाले जानकारी दिएको नेपालसमाचारपत्रमा खबर छ

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...