News Portal

सुर्खेतमा ट्रक र ट्याक्टर जुँध्दा एकको मृत्यु

हिमाली संचार संवाददाता
५५४ पटक

नगेन्द्र उपाध्याय
सुर्खेत १७, २०७६ माघ : वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिराचोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा शुक्रबार बिहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

सुब्बाकुनाबाट बजारतर्फ आउँदै गरेको भे१त ७५८९ नम्वरको ट्याक्टरलाई पछाडीबाट आइरहेको लु१ख ७६७० नम्वरको ट्रकले ठक्कर दिँदा ट्याक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयकाअनुसार जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका कार्कीको ट्याक्टरको ट्रलीले च्यापिएर मृत्यु भएको हो।

ट्रकको ठक्करबाट ट्याक्टर चालकको मृत्यु भएपछि मृतकका आफन्त आन्दोलित बनेका छन्। ४ दिनअघि मात्रै वीरेन्द्रनगरको जुम्लारोडमा टिप्परको ठक्करबाट कालिकोटका एक युवकको मृत्यु भएपछि वीरेन्द्रनगरमा कफ्यू लगाउनु परेको थियो।

प्रतिकृया दिनुहोस्

प्रश्न उठेपछि गृहमन्त्री गुरूङ बाहिरिए: बालेन–रवि ‘शून्य सहनशीलता’ नीतिको परीक्षण

काठमाडौं, –  सार्वजनिक पदमा बसेकाहरूको आर्थिक पारदर्शितामाथि प्रश्न उठेपछि पदमुक्त गर्ने नीति अघि बढाएको राष्ट्रिय...

२६ दिनमै सरकारका दुई मन्त्री बाहिरिए, विवादपछि पद गुम्यो

काठमाडौं, ९ वैशाख — प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा गठन भएको सरकार सुरु भएको छोटो समयमै...

ओली बिना नै एमालेको स्थापना दिवस कार्यक्रम

काठमाडौं, वैशाख ९ — नेकपा एमालेको स्थापना दिवसको अवसरमा च्यासलस्थित पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा...

केही महिनामै प्रलोपा परित्याग गर्दै सुदन किराँती

काठमाडौं, वैशाख ९ – सुदन किराँतीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँगको आफ्नो संलग्नता अन्त्य गरेका...

आज २०८३ साल वैशाख ९ गतेको राशिफल

आज वैशाख ९, २०८३ ( अप्रिल २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...