News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • साना किसान कृषि सहकारी संस्थाको कार्यक्रम बिपिआश्रममा सम्पन्न

    रबिन्द्र बराल
    ४७७ पटक

    मोरङ। मोरङको सुनवर्षी नगरपालिका २ का साना किसान कृषि सहकारी संस्था लिमिटेडको व्यवस्थापन हस्तान्तरण गरिएको छ । भेडुवाथान स्थित विपि सेवा केन्द्रमा भएको कार्यक्रमा  सुनवर्षी-५, टकुवा र वडा-९ डायनीयामा रहेका साना किसान कृषि सहकारी संस्था लिमिटेडको सबै व्यवस्थापन र दायित्व समेत हुने गरिहस्तान्तरण गरिएको छ।

    सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहेका  प्रदेश नं. १  का  भुमि, व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री रामबहादुर मगरले व्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमको  उद्घाटन  गरेका थिए  मन्त्री मगरले साना किसान कृषि सहकारी संस्था लिमिटेड सुनवर्षी-९ डायनियाँ र साना किसान कृषि सहकारी संस्था लिमिटेड सुनवर्षी-५ टकुवाको प्रमाणपत्र वितरण  समेत गरेका थिए । 

    साना किसान सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई-६, साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी-९ डायनियाँ र साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी-५ टकुवा र सानाकिसान लघुवित्त वित्तिय संस्थाबीच भएको त्रिपक्षिय सम्झौता समेत हस्तान्तरण गरिएको छ । 

    उक्त सम्झौताको फायल साना किसान सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई-६ का अध्यक्ष द्रोणबहादुर पौडेल, साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी-९ डायनियाँका अध्यक्ष जानकीदेवी केवरत,  साना किसान सहकारी संस्था लिमिटेड सुनवर्षी-५ टकुवाका अध्यक्ष शर्मिलाकुमारी राजवंशी र साना किसान लघुवित्त वित्तिय संस्था इलाका कार्यालय इटहरीका प्रवन्धक दिपकराज पाण्डेलाई हस्तान्तरण गरिएको थियो।  साना किसान कृषि सहकारी संस्था लिमिटेड सिजुवा, रतुवामाई-६ मोरङको मातहत रहेका थिए। अब उक्त संस्थाहरुले  बुधबारदेखी औपचारीक रुपमा स्वायत्त संस्थाको रुपमा काम गर्ने प्रबन्धक संस्थाका मुख्य प्रबन्धक ऋषिकुमार ढकालले जानकारी दिए। 

    प्रदेशसभा सदस्य लिला बल्लभ अधिकारी, शिवनारायण सिंह (गन्गाई), सुनवर्षी नगरपालिकाको मेयर कालीप्रसाद दास, उपमेयर मञ्जु राई, राष्ट्रिय सहकारी महासंघका सञ्चालक, साना किसान विकास बैंक तथा नेपाल कृषि सहकारी केन्द्रय संघका अध्यक्ष खेमबहादुर पाठक, नेपाल कृषि सहकारी केन्द्रीय संघका उपाध्यक्ष दोय मिना ढकाल र मदनकुमार दाहाल, प्रदेश कृषि सहकारी संघका संयोजक खगेन्द्रराज भण्डारी, जिल्लाका साना किसान कृषि सहकारीका दर्जन बढी अध्यक्ष तथा प्रतिनिधिहरु, विभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनिधि, सहकारीका शेयर सदस्य, विभिन्न पालिकाका साना किसान कृषि सहकारीका प्रतिनिधिलगायतको उपस्थिती रहेका थियो।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १०, २०८२ (मे २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

    काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा...

    प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

    पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका...

    रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

    काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध...

    गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

    काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा...