News Portal

अर्थतन्त्र सकारात्मक दिशामा, कालोसूचीका ऋणी बढे

हिमाली संचार संवाददाता
५२७ पटक

काठमाडौं – चालू आर्थिक वर्षमा विप्रेषण आप्रवाहमा वृद्धि हुने भएको छभने देशको समग्र आर्थिक परिदृश्य मिश्रित रहने देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले आव २०७४/७५ को वार्षिक तथ्याङ्कमा आधारित रहेर सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देशको राष्ट्रिय अर्थतन्त्र सकारात्मक दिशामा उन्मुख भएको देखाएको छ ।

अघिल्लो वर्ष ४.६ प्रतिशतले वृद्धि भएको विप्रेषण आप्रवाह समीक्षा वर्षमा ८.६ बढेर रु सात खर्ब ५५ अर्ब ६ करोड पुगेको छ । समयमै मनसुनी वर्षा भएकाले ९५ प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको छभने धानको उत्पादन उल्लेख्य हुने अनुमान गरिएको छ ।

अघिल्लो वर्ष १.५ प्रतिशतले ऋणात्मक रहेको धानको उत्पादन यो वर्ष उत्साहप्रद हु्ने विश्वास केन्द्रीय बैङ्कको छ ।

आव ४.२ प्रतिशत रहेको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो वर्ष ४.५ प्रतिशतको तुलनामा केही कम रहे पनि २०७५ असार महिनामा विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.६ प्रतिशत पुगेको छ ।

गत आवमा चालू खाता घाटा थप विस्तार भई रु दुई खर्ब ४५ अर्ब पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा रु १० अर्ब रहेको थियो । आव २०७४/७५ मा देशको समग्र शोधनान्तर ९६ करोडले बचतमा रहेको छ ।

आव २०७४/७५ मा कूल वस्तु निर्यात ११।१ प्रतिशतले वृद्धि भई रु ८१ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो निर्यात ४.२ प्रतिशतले वृद्धि भएको थियो । भारततर्फ १२.४, चीन ४३.३ र अरू देशतिर ७.५ प्रतिशतले निर्यात बढेको उक्त बैङ्कले जनाएको छ । अलैँची, पोलिस्टर धागो, जुटका बोरा, जस्तापाता र वस्तुको निर्यात बढेको छ भने जुस, ऊनी गलैँचा, पस्मिनाजस्ता वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कूल वस्तु आयात २५.५ प्रतिशतले बढेर एक हजार २४२ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा त्यस्तो आयात २८ प्रतिशतले बढेको थियो ।

अघिल्लो वर्ष रु १० अर्ब १३ करोडले घाटामा रहेको चालू खाता घाटा समीक्षा वर्षमा उल्लेख विस्तार भई रु दुई खर्ब, ४५ अर्ब २२ करोड पुगेको छ । त्यसैगरी कूल विदेशी विनिमय सञ्चिती २०७४ असार मसान्तको रु १०७९ अर्ब ४३ करोडबाट २.१ प्रतिशतले बढेर २०७५ असार मसान्तमा रु ११०२ अर्ब ५९ करोड पुगेको छ ।

कालोसूचीका ऋणी बढे

बैङ्क तथा वित्तीय संस्थाको अनुरोधमा कर्जा सूचना केन्द्रबाट कालोसूचीमा परेका ऋणीहरुको सङ्ख्यामा विगत केही वर्षयता बढ्दै गएको पनि केन्द्रीय बैङ्कले परिदृश्यमा समेटेको छ । २०७४ असारमा ५२४७ ऋणी कालोसूचीमा रहेकामा २०७५ असारमा उक्त सङ्ख्या ६२४१ पुगेको छ । कालोसूचीका ऋणीको वृद्धिले बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाहमा विशेष ध्यान पु¥याउनुपर्ने देखाएको छ । रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ४ गतेको राशिफल

आज पुष ४, २०८२ (डिसेम्बर १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...