News Portal

  • जंगलमा १३ वर्षीया बालिका बलात्कृत

    हिमाली संचार संवाददाता
    ५४८ पटक

    काठमाडौं । ललितपुरको नख्खुस्थित एक घरमा घरेलु कामदारको रुपमा राखिएकी १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

    घर लगिदिन्छु भन्दै गोदावरीस्थित जंगलमा पुर्‍याएर उनीमाथि बलात्कार भएको हो । प्रहरी स्रोतका अनुसार बालिकामाथि बलात्कार भएको मेडिकल रिपोर्टले पुष्टि गरेको छ । गोरखा घर भएकी बालिकाले आफ्नो घर जानलाई बाटो देखेकी थिइनन् ।

    ‘बालिकालाई घर पुर्‍याइदिने प्रलोभनमा गोदावरी जंगलमा लगेर बलात्कार गरेको देखिएको छ’, घटनाको अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘त्यहाँ बलात्कारपछि बालिकालाई छोडेर ती व्यक्ति फरार भएका छन् ।’

    स्थानीयले नै बालिकालाई महानगरीय प्रहरी वृत्त, सातदोबाटोसम्म ल्याएको प्रहरी स्रोतले बतायो । हाल फरार रहेका युवकको खोजी भइरहेको प्रहरी परिसर ललितपुरले जनाएको छ । अनलाइनखबर

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २१ गतेको राशिफल

    आज मंसिर २१, २०८२ (डिसेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धुनिबेशी–६ मा सात सवारी साधन एकैपटक दुर्घटना, धेरै यात्रु घाइते

    धादिङ — राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ मा एकै स्थानमा सातवटा सवारीसाधन संलग्न भयावह दुर्घटना भएको...

    कुवेतकाे साल्मी मरुभूमिस्थित शिविरबाट ठूलो मात्रामा लागूऔषध बरामद

    कुवेत – कुवेत प्रहरीले साल्मी मरुभूमिको एउटा शिविरमा भण्डारण गरिएको र कुवेत भित्र तस्करी गर्ने...

    प्रिटोरियामा छात्रावासमा गोलीकाण्ड: तीन वर्षीय बालकसहित ११ जनाको मृत्यु

    काठमाडौं -दक्षिण अफ्रिकाको राजधानी प्रिटोरियास्थित एक छात्रावासमा शनिबार बिहान बन्दुकधारीहरूले अन्धाधुन्ध गोली चलाउँदा तीन वर्षीय...

    आज २०८२ साल मंसिर २० गतेको राशिफल

    आज मंसिर २०, २०८२ (डिसेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...