News Portal

विराटनगरको वडा नम्बर १४, जहाँ घरघरमा पाइपबाट पुर्‍याइँदैछ ग्यास

हिमालीसञ्चार संवाददाता
६३४ पटक

सन्जिब कुमार राई/विराटनगर – अघिल्लो प्रधानमन्त्रीकालमा केपी ओलीले घर–घरमा पाइपलाइनबाट ग्यास पुऱ्याउने प्रतिबद्धता जनाएका थिए ।

भारतीय नाकाबन्दीको कहर झेलिरहेका आमनागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका थिए, अब सिलिन्डर युग सकियो, क्याट्ट खोल्यो, चुल्हो बाल्यो ।’

हावादारी सपना’ बाँडेको भन्दै उनको चर्को आलोचना भयो । अहिले बहुमतसहित प्रधानमन्त्री भएका उनले घरघरमा पाइपबाट ग्यास पुर्‍याउने कुरा गरेका छैनन् । रेल र पानी जहाजमा बढी जोड दिएका छन् ।

तर, बिराटनगरको एउटा वडामा घरघरमा पाइपबाट ग्यास पुर्‍याउने प्रयास भइरहेको छ । विराटनगर महानगरपालिकाको १४ वडाका घरघरमा वायोग्यास पुुर्‍याउन अहिले धमाधम पाइप बिछ्याउने काम भइरहेको छ ।

विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्यास स्थानीयबासीको चुलोसम्म पुर्याउन लागिएको हो ।

तत्कालीन जिल्ला विकास समिति वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र गौशालाका ८४ लाखमा ग्यास उत्पादन गर्ने गरी उपभोक्ताको घर घरमा ग्यास पुर्‍याउन पाइप लाइन विछयाउने काम अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका ऊर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएको पनि सिंहले बताए ।

उनले डेढवर्ष अघि शुरु गरिएको सो प्लान्टवाट पहिलो चरणमा ३५ घरमा ग्यास पाइपबाट चुलोसम्म पुर्‍याउने योजना रहेको सुनाए । एक साता भित्रै पहिलो चरणमा ३५ घरमा पाइपबाट ग्यास वितरण गरिने छ, त्यसपछिका दिनमा थप १ सय घरमा ग्यास पुर्‍याउने योजना अनुरुप काम अघि वढाएका छौ’, उनले भने ।

गौशालाका व्यवस्थापक मोहितचन्द्र यादवका अनुसार गौशालामा २ सय ५ गाई छन । ती गाईबाट निस्कने दैनिक २ हजार केजी गोवरमार्फत् वायोग्यास उत्पादन गरिनेछ

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...