News Portal

विराटनगरको वडा नम्बर १४, जहाँ घरघरमा पाइपबाट पुर्‍याइँदैछ ग्यास

हिमालीसञ्चार संवाददाता
५४१ पटक

सन्जिब कुमार राई/विराटनगर – अघिल्लो प्रधानमन्त्रीकालमा केपी ओलीले घर–घरमा पाइपलाइनबाट ग्यास पुऱ्याउने प्रतिबद्धता जनाएका थिए ।

भारतीय नाकाबन्दीको कहर झेलिरहेका आमनागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका थिए, अब सिलिन्डर युग सकियो, क्याट्ट खोल्यो, चुल्हो बाल्यो ।’

हावादारी सपना’ बाँडेको भन्दै उनको चर्को आलोचना भयो । अहिले बहुमतसहित प्रधानमन्त्री भएका उनले घरघरमा पाइपबाट ग्यास पुर्‍याउने कुरा गरेका छैनन् । रेल र पानी जहाजमा बढी जोड दिएका छन् ।

तर, बिराटनगरको एउटा वडामा घरघरमा पाइपबाट ग्यास पुर्‍याउने प्रयास भइरहेको छ । विराटनगर महानगरपालिकाको १४ वडाका घरघरमा वायोग्यास पुुर्‍याउन अहिले धमाधम पाइप बिछ्याउने काम भइरहेको छ ।

विराटनगर– १४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोवर संकलन गरी उत्पादन गरिएको वायोग्यास स्थानीयबासीको चुलोसम्म पुर्याउन लागिएको हो ।

तत्कालीन जिल्ला विकास समिति वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र र गौशालाका ८४ लाखमा ग्यास उत्पादन गर्ने गरी उपभोक्ताको घर घरमा ग्यास पुर्‍याउन पाइप लाइन विछयाउने काम अन्तिम चरणमा पुगेको जिल्ला समन्वय समितिका ऊर्जा वातावरण अधिकृत ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा ३ सय घनमिटर प्लान्ट जडान गर्ने लगायतका प्राविधिक काम सकिएको पनि सिंहले बताए ।

उनले डेढवर्ष अघि शुरु गरिएको सो प्लान्टवाट पहिलो चरणमा ३५ घरमा ग्यास पाइपबाट चुलोसम्म पुर्‍याउने योजना रहेको सुनाए । एक साता भित्रै पहिलो चरणमा ३५ घरमा पाइपबाट ग्यास वितरण गरिने छ, त्यसपछिका दिनमा थप १ सय घरमा ग्यास पुर्‍याउने योजना अनुरुप काम अघि वढाएका छौ’, उनले भने ।

गौशालाका व्यवस्थापक मोहितचन्द्र यादवका अनुसार गौशालामा २ सय ५ गाई छन । ती गाईबाट निस्कने दैनिक २ हजार केजी गोवरमार्फत् वायोग्यास उत्पादन गरिनेछ

प्रतिकृया दिनुहोस्

एमाले नयाँ नेतृत्वसँगै एकताबद्ध भएर अघि बढ्ने

काठमाडौं, पुष ३ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने बताएका...

जेनजी आन्दोलनको अवसरमा फरार महिला विराटनगरमा पक्राउ

विराटनगर, पुष ३ – काठमाडौंको कारागारबाट फरार भएकी एक महिला मोरङ प्रहरीले विराटनगरबाट पक्राउ गरेको...

सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल केन्द्रीय...

उपाध्यक्ष निर्वाचित गुरुङको टिप्पणी: सरकारले चुनावको अवस्था नै बिगार्‍यो

काठमाडौं, पुष ३ – नेकपा एमालेको ११ औँ महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले...

प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेकाका लागि भुजुङ हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं, पुष ३ – भुजुङ हाइड्रोपावर कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन प्रक्रिया सुरु गरेको छ।...