News Portal

वीरेन्द्रनगरमा टिपरको ठक्करबाट एक युवाको ज्यान गयाे 

हिमाली संचार संवाददाता
४७२ पटक

सुर्खेतः टिपरको ठक्करबाट एक युवाको ज्यान गएपछि वीरेन्द्रनगरमा तनाव उत्पन्न भएको छ। मंगलबार बिहान टिपरको ठक्करबाट वीरेन्द्रनगरको मुलपानी चोक नजिक कालिकोट महावै गाउँपालिका-३ सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै ज्यान गएको हो।

भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई भे १ ख २२४२ नम्बरको टिपरले किचेको थियो। टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सिंहलाई करिब २० मिटर टाढासम्म घिसारेको प्रत्यक्षदर्शीले बताए। प्रहरीले ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घटनापछि वीरेन्द्रनगर बजार क्षेत्र तनावपूर्ण बनेको छ। स्थानीयले घटनाको विरोधमा सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन्। सवारी साधन सञ्चालनमासमेत प्रदर्शनकारीले अवरोध गरेका छन्। प्रदर्शनका कारण सवारी साधन चल्न सकेका छैनन्। चालकको लापरबाहीले घटाना भएको भन्दै स्थानीयले कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका हुन्। प्रदर्शनकारीले बजार पनि बन्द गराउँदै हिँडेका छन्। अवस्था तनावपूर्ण बनेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...