कुकुरले तीन महिने शिशुको गुप्ताङ्ग खाईदियाे

खगेन्द्र बुढा
कालिकोट १४, २०७६ माघ : कालिकोट जिल्लाकाे रास्काेट नगरपालिका वडा नं. ३ निवासी संगिता दर्जीका तीन महिने छाेरा अविनाथ दर्जीकाे कुकुरले गुप्ताङ्ग खाईदिएकाे छ।
आफ्नै घरमा पालेकाे कुकुरले डाेकामा सुतिरहेका बालक अविनाथकाे पुरै गुप्ताङ्ग खाएकाे हाे। बालककी आमा संगिताले आफ्नाे छाेराकाे उपचारमा सहयाेग गर्न सबैलाई हारगुहार गरेकी छन।
बालकलाई कुकुरले आक्रमण गरि गुप्ताङ्ग खाएकाे केही समयपछि उपचारका लागि नजिकैकाे स्वास्थ्य चाैकीमा पुर्याए पनि त्यहाँ उपचार हुन सम्भव नभएपछि जिल्ला अस्पताल मान्ममा रिफर गरिएकाे बालककाे उपचारमा संलग्न चिकित्सक धर्मराज शाहीले बताए।











