News Portal

कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १०६ पुग्यो

हिमाली संचार संवाददाता
५९१ पटक

चीनमा कोरोना भाइरसका कारण १ सय ६ जनाको मृत्यु भएको छ। भाइरका कारण चार हजार भन्दा बढी संक्रमित भएको चिनीयाँ अधिकारीहरुले जनाएका छन्।

दुई हप्ता अघि चीनको वुहानबाट फैलिएको भाइरसका कारण यसलाई थप शहरमा फैलिन नदिन यातायात आवागमनमा थप कडाइ गरिएको छ। वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ। विश्वभर फैलिएको यो सक्रंमणले अहिले महामारीका रुपमा लिने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन्। अहिले सम्म चीनबाहेक नेपालसहित अन्य देशहरुमा पनि यसको संक्रमण फैलिएको छ।

अमेरिकामा पनि यसको सक्रमण फैलिए आफ्ना नागरिकलाई चीन यात्रामा जाँदा पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ। अन्य देशले पनि चीनको यात्रामा नजान र आफ्ना नागरिकलाई त्यहाँबाट फिर्ता ल्याउन थालेका छन्। चीनभन्दा बहिर भने हालसम्म कोरोनाभाइरसको सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन।

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...