News Portal

यसकारण मोटीहरुका लागि स्वर्ग छ यो देश

हिमाली संचार संवाददाता
७९६ पटक

एजेन्सी –बिहे हुनका लागि केवल सुन्दर देखिनुमात्र पर्याप्त छैन । यदि तपाइँ मरिससमा हुनुहुन्छ भने तपाइँ वजनदार पनि हुनुपर्नेछ । मरिसस यस्तो देश हो जहाँ जिउको वजन बढी भएका युवतीहरु बिहे गर्नका लागि तन्नेरीहरुको रोजाइमा पर्दछन् । त्यसैले मरिससमा अविवाहित केटीहरुका लागि जिउको वजन बढी हुनु खुसीको कुरा हुन्छ ।

तपाइँलाई लाग्नसक्छ महिलाहरुको हकमा जिउको मोटोपना तथा बढि वजन सुन्दरताको सबैभन्दा ठूलो सत्रु हो । तर मरिससको हकमा यो विल्कुलै लागू हुँदैन । उल्टै अविवाहित युवती स्लिम भए अर्थात् जिउमा बोसो लागेन भने तनाव सुरु हुन्छ । परिवारजनले नै धेरै खान र मोटाउन दबाब दिन्छन् । अविवाहित केटाहरुलाई पनि परिवारजनले यस्तै दबाब दिन्छन्, हृष्टपुष्ट केटी खोज्न । त्यसैले दुब्ला पातला केटीहरुको बिहे हुनै कठीन हुन्छ ।

बेहुलीको वजन बढि भएमा त्यस्तो बेहुलीले घरमा खुसी र शौभाग्य लिएर आउने आम विश्वास छ त्यहाँको समुदायमा । त्यसैले परिवारजनहरु आफ्ना छोरीहरुलाई कम भोजन तथा डाइटिङ गर्न रोक लगाउँछन् ।

यो दुनिया पनि विचित्रै छ । दुनियाका सबै महिलाहरु जिरो फिगरको पछि कुँदिरहेको बेला उता मरिससका महिलाको जिन्दगी भने निस्फिक्रि छ । उनीहरुको सिद्धान्तै छ : खाउ, पिउ, सुखसँग बस ।

प्रतिकृया दिनुहोस्

बूढानीलकण्ठमा गृहमन्त्री र पार्टी सभापतिबीच छलफल

काठमाडौं, ८ वैशाख – गृहमन्त्री सुधन गुरुङ मंगलबार रवि लामिछानेलाई भेट्न बूढानीलकण्ठस्थित निवास पुगेका छन्।...

ट्रेड युनियन नहटाउन बालेनलाई अन्तर्राष्ट्रिय आग्रह

काठमाडौं, वैशाख ८ – विश्व ट्रेड युनियन महासंघ अन्तर्गतको सार्वजनिक सेवा तथा सहायक क्षेत्रीय संगठनले नेपालमा...

लागुऔषधसहित आविद पक्राउ

मोरङ, वैशाख ८ – रतुवामाई नगरपालिका–१, हटिया डाँडाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। सोही...

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...