News Portal

  • हजारको नोटमा आउँदैछन् दुइटा हात्ती !

    हिमाली संचार संवाददाता
    ३४३ पटक

    काठमाडौँ — अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय गरेको हो ।

    ‘अहिले हजारको नोटमा एउटा हात्तीको तस्बिर देखिन्छ । अब त्यहि ठाउँमा नेपाली हात्तीको तस्बिर राखिने निर्णय भएको हो,’ नोट डिजाइनर सुन्दर श्रेष्ठले हजारको नोट देखाउँदै भने ।

     

    जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट ४ महिनाभित्र छापिएर आउने राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए ।

    ‘जुम्ल्याह हात्तीको चित्र समावेश हजारको नोट अब ३ देखि ४ महिनाभित्रमा छापिएर आउँछ,’ प्रवक्ता भट्टले भने, ‘नोटमा नेपालमै पाउने हात्तीको चित्र राख्नुपर्छ भनेर नोट डिजाइन कमिटीले पास गरेपछि त्यो अनुसार राष्ट्रिय प्रकृति संरक्षण विभाग, वन्यजन्तु तथा संरक्षण विभागले उपलब्ध गराएको चित्रलाई आधार बनाएर नोटको डिजाइन भएको हो । नोट छपाईमा पनि गइसकेको छ ।’

    प्रचलनमा रहेको हजारको नोटमा समावेश हात्ती कुन मुलुको भनेर अझै यकिन भइसकेको छैन ।
    कतिले उक्त हात्ती अफ्रिकी मुलको जस्तो देखिने आंकलन गरेका छन् ।

    ६/७ वर्षदेखि नोटमा जनावरहरु फेरिएका छन् । पाँचको नोटमा दुईवटा याक समावेश थिए । अहिले एउटा मात्र याक छ । पाँच सयको नोटमा दुईवटा बाघ थिए, अहिले चितवन राष्ट्रिय निकुञ्जको एउटामात्र बाघ राखिएको छ । सयको नोटमा पहिले एउटा गैंडाको तस्बिर भएकोमा अहिले यसमा माउ र बच्चा गैंडाको फोटो छ।

    अब हजारको नोटमा पनि जुम्ल्याह हात्ती देखिने भएको हो ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशको अबस्था र संघियताको रमिता

    – कमला थापा २०८२ कार्तिक २५ गते। जनता भन्दा नेता धेरै भएको देश। गरिब जनता...

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...