News Portal

चर्चित सर्जक नरेश खाती क्षेत्रीले ल्याए तिज गीत “लान्छ कि भैरेले” (भिडियो सहित)

हिमाली संचार डटकम
१०७८ पटक

कमल सिंह
काठमाडौं – चर्चित सर्जक तथा गायक नरेश खाती क्षेत्रीको तिज गीत “लान्छ कि भैरेले” हालै मात्र सार्वजनिक भएको छ । सुशीला केसीको शब्दमा लोकप्रिय गायक मेक्सिम खाती क्षेत्री,गायिकाद्वय पूर्णकला विसी र सुशीला केसीको आवाज रहेको छ ।

मौसम हिमालीद्वारा निर्देशित म्युजिक भिडियोमा मेक्सिम खाती क्षेत्रीका साथै अञ्जली अधिकारी र सुजन ढकालले नृत्य तथा अभिनय गरेका छन् । करण चैसियरको छायांकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् भने गीतको म्युजिक भिडियोलाई गोरक्ष म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको हो।

गीतमा टप्पा र लोकलयलाई नै समेटिएको सर्जक नरेश खाती क्षेत्री बताउछन। मौलिक प्रकारको गीत बनेको छ,उनले भने – म्युजिक भिडियो पनि मेहनत गरेर बनाइएको छ। सर्जक तथा गायक नरेशले करीब २ सयभन्दा धेरै गीतमा स्वर र संगीत दिइसकेका छन्। दाङ जिल्लाबाट संगीतकै लागि राजधानी आएका नरेशले गीतसंगीतलाई नै सबैथोक मान्छन्।

अब हेरौ “लान्छ कि भैरेले” गीतको म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...