News Portal

साझा यातायात माथि सरकारकाे निकरानी

हिमाली संचार संवाददाता
५३८ पटक

काठमाडौँ – यतिखेर साझा यातायात अन्योलमा छ । सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदका लागि दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेसँगै साझामा यस्तो परिस्थिति आएको हो ।

गत बिहीबार मन्त्रिपरिषदको निर्णयले विद्युतीय बस खरिदका लागि साझालाई दिएको तीन अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । सोे रकम ब्याजसहित असुल गरिने सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सार्वजनिक गरिसकेका छन् । यद्यपि अहिलेसम्म सरकारी निर्णयको पत्र भने साझामा पुगिसकेको छैन ।

यता, सरकारको यस्तो निर्णय आएसँगै पहिले नै घाटामा रहेको साझामा थप सङ्कट पैदा भएको छ । विद्युतीय बस खरिद प्रक्रिया अघि बढाइसकेको साझामा सरकारले पूर्ण लगानी ब्याजसहित फिर्ता लिने भएपछि सकस उत्पन्न भएको हो । यतिखेर सरकारी लगानी फिर्ता जानेमा भन्दा पनि साझा लगानीको ब्याज तिर्नुपर्नेमा बढी सशंकित छ ।

गत साउनमा ३ सयवटा विद्युतीय बस खरिद गर्न भन्दै सरकारले साझालाई तीन अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । पैसा उपलब्ध गराएको ६ महिना बितिसक्दा समेत साझाले बस खरिद गर्न सकेन । अहिले यही कारण देखाउँदै सरकारले साझासँग पैसा फिर्ता लिने नीति बनाएको छ । त्यो पनि अहिलेसम्मको ब्याजसहित ।

प्रतिकृया दिनुहोस्

नेपाल सरकारको ध्यान जाओस्

मोरङ, चैत्र २५ – रङ्गेली नगरपालिका–७ मा रहेको इलाका प्रशासन कार्यालय रंगेली रहेको स्थानको जग्गा २०२४...

के आधारमा देउवा दम्पतीमाथि छानबिन सुरु भयो ?

काठमाडौं, चैत २५ – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा...

गण्डकी प्रदेशको बजेटमा करिब ५ अर्ब कटौती हुने संकेत

कास्की, चैत २५ – गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट अघिल्लो वर्षभन्दा...

देउवा दम्पतीमाथि पक्राउ आदेश जारी

काठमाडौं, चैत २५ — हिमाली सञ्चार संवाददाताका अनुसार पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा र उनकी पत्नी...

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...