News Portal

हेलिकप्टर दुर्घटनामा ९जना खेलाडीकाे मृत्यु

हिमाली संचार संवाददाता
५४७ पटक

अमेरिका – अमेरिकी बास्केटबल खेलाडी कोबे ब्रायन्ट र उनकी छोरी जियानाको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । क्यालिफोर्नियाको कालाबासासमा भएको हेलिकप्टरमा दुर्घटनामा ब्रायन्टसहित ९ जनाको मृत्यु भएको हो ।

४१ वर्षीय ब्रायन्ट निजी हेलिकप्टरमा यात्रा गरिरहेको बेला उक्त दुर्घटना भएको थियो । लस एन्जसलिस प्रहरीले दुर्घटनामा हेलिकोप्टरमा सवार सबै यात्रुको मृत्यु भएको जनाएको छ ।

पाँच पटकका एनबीए च्याम्पियन ब्रायन्टलाई बास्केटबल खेलमा महान् खेलाडीको सूचीमा राखिन्छ । एनबीएले एक वक्तव्य जारी गर्दै कोबे ब्रायन्ट र उनकी १३ वर्षीया छोरी जियानाको निधनले आफूहरु स्तब्ध भएको बताएको छ ।

प्रहरीका अनुसार स्थानीय समयअनुसार बिहान १० बजे लास भिरगेनेसभन्दा नजिकै एक मैदानमा हेलिकप्टर खसेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार दुर्घटनाअघि हेलिकोप्टरको इन्जिनमा अनौठो आवाज आएको थियो ।

लस एन्जलिस लेकर्सबाट २० वर्ष बास्केटबल खेलेका ब्रायन्टले सन् २०१६ को अप्रिलमा खेलबाट सन्यास लिएका थिए । सन् २००८ मा उनी एनबीएका सबैभन्दा मूल्यवान खेलाडी बनेका थिए भने दुई पटक एनबीएको फाइनलमा उत्कृष्ट खेलाडी चुनिएका थिए । उनी दुई पटक एनबीएमा सबैभन्दा बढी स्कोर गर्ने खेलाडी बनेका थिए भने दुईपटक ओलम्पिक च्याम्पियन बनेका थिए ।

सन् २००६ मा उनले टोरोन्टो र्याप्टर्सविरुद्ध उनले ८१ अंक स्कोर गरेका थिए । एनबीएको इतिहासमा एकै खेलमा गरिएको दोस्रो ठूलो स्कोर थियो ।

सन् २०१८ मा डियर बास्केटबल नामक सर्ट फिल्मका लागि ओस्कार पनि जितेका थिए । सन् २०१५ मा उनले आफ्नो प्रिय खेलका लागि लेखेको प्रेम पत्रका आधारमा उक्त ५ मिनेटको चलचित्र बनाइएको थियो ।

ब्रयान्ट र उनकी पत्नी भेनेसाका अन्य तीन छोरी नटालिया, बियान्का र क्याप्री रहेका छन् ।

यतिबेला ब्रायन्टको श्रद्धाञ्जलीले सामाजिक सञ्जाल भरिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व राष्ट्रपति बाराक ओबामा, उसेन बोल्ट, र्यापर कान्ये वेस्टलगायतले सामाजिक सञ्जालमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...