News Portal

बग्दादस्थित अमेरिकी दूतवास परिसरमा रकेट आक्रमण

हिमाली संचार संवाददाता
६३० पटक

एजेन्सी : इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासनजिकै फेरि मिसाइल हमला भएको छ। समाचार एजेन्सी एएफपीले सुरक्षा स्रोतको उदृत गर्दै बग्दादस्थित अमेरिकी दूतावास नजिकै आइतबार थुप्रै रकेटहरु प्रहार गरिएको जनाइएको छ।

अमेरिकी चेतावनीपछि पनि लागातार आक्रमण भएपछि मध्यपूर्वमा थप तनाव बढ्ने संकेत देखिएको छ। यद्यपि, यो आक्रमणको कुनै पनि देश वा संगठनले जिम्मेवारी भने लिइसकेको छैन।

टाइग्रिस नदीको पश्चिमी किनारमा विस्फोटका आवाजहरु सुनिएको र त्यहाँ धेरै देशका दूतावासहरू रहेको त्यहाँ पुगेका एजेन्सीका एक प्रतिनिधिले जानकारी दिएका छन।

सञ्चारमाध्यामहरुका अनुसार तीन उच्च क्षमताका रकेट (मिसाइल) त्यहाँ अवस्थित उच्च सुरक्षा जोनमा खसेका छन् भने अन्य पाँचवटा रकेट अर्को ठाउँमा खसेका छन। यी आक्रमणहरूमा हताहतीबारे समाचार बाहिर आइसकेको छैन।

केही दिनअघि इराकको राजधानीको उच्च सुरक्षा ग्रीन जोनमा अवस्थित अमेरिकी दूतावासमा तीनवटा रकेट प्रहार गरिएको थियो। यद्यपि यी आक्रमणहरूमा पनि कुनै हताहती भएको थिएन। स्मरणरहोस्, हरित क्षेत्र मध्य बगदादमा अवस्थित छ, जहाँ सरकारी भवनहरू र कूटनीतिक भवनहरु रहेका छन।

रिपोर्टहरूले भनेका छन्कि अमेरिकी दूतावास विगत केहि महिना यता धेरै पटक निशानामा परिसकेको छ। ग्रीन जोन क्षेत्रमा हुने आक्रमणलाई अमेरिकाले इरान समर्थित अर्धसैनिक समूहलाई जिम्मेवार ठहराइरहेको छ। ईरानी जनरल कासिम सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच द्वन्द्व चर्किरहेको छ।

प्रतिकृया दिनुहोस्

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...