News Portal

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ७ जनाको मृत्यु

हिमाली संचार संवाददाता
४४८ पटक

काठमाडौं । काभ्रे, तनहुँ, झापा, चितवन, कञ्चनपुर, रुपन्देही र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

काभ्रेको पाँचखाल नगरपालिका-५ सैंतिस किलोस्थित सडकमा बा.४ ख ११४५ नम्बरको टिपरले बा.८५ प ६०२६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मण्डन देउपुर नगरपालिका-७ बस्ने ३२ वर्षीय प्रदिप श्रेष्ठको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्करबाट घाइते भएका मोटरसाइकलमा सवार रामेछाप सालु गाउँपालिका-२ घर भएका २८ वर्षीय समर मगरको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी तनुहुँको आबुखैरेनी गाउँपालिका-१ सत्रसयस्थित सडकमा ग.१७ प ६३४८ नम्बरको मोटरसाइकल ना.१ ज ९८४७ नम्बरको म्याजिक भ्यानसँग ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही स्थान बस्ने २१ वर्षीय चन्द्र थापाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका थापाको छिमकेश्वरी अस्पताल आबुखैरेनी हुँदै सीएमसी अस्पताल भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक बन्दिपुर गाउँपालिका-१ छाप बस्ने १९ वर्षीय आषिश आलेको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापाको दमक नगरपालिका-१० नयलबारीस्थित सडकमा को.३५ प १०५५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार बेलुका दुर्घटना हुँदा चालक मोरङ उर्लाबारी नगरपालिका-९ बस्ने ३१ वर्षीय धिरेन तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तामाङको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो ।

चितवनको ईच्छाकामना गाउँपालिका-४ कुरिनटारस्थित सडकमा पनि शनिबार बेलुका प्रदेश नम्बर-३-०२-०१२ प ४४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही स्थान बस्ने ८६ वर्षीय गज बहादुर गुरुङको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कञ्चनपुरको पुनर्बास नगरपालिका-२ अम्रैयास्थित सडकमा शनिबार साँझ हाल नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट सोही स्थान बस्ने पैदलयात्री २४ वर्षीय कुल बहादुर सार्कीको घटनास्थलमै मृत्यु भएको छ । अनुसन्धानको क्रममा कुल बहादुरलाई ठक्कर दिएको आशंकामा भे.१ त ९८८२ नम्बरको ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुपन्देहीको मायादेबी गाउँपालिका-५ पर्सहवास्थित सडकमा लु.१७ प ७११२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार लुम्बिनी साँस्कृतिक नगरपालिका-१० महिलावार बस्ने १९ वर्षीय गोकर्ण तिवारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तिवारीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । फरार रहेका मोटरसाइकल चालक लुम्बिनि साँस्कृतिक नगरपालिका-१० महिलावार बस्ने २२ वर्षीय सोनु बर्माको प्रहरीले खोजी गरिरहेको छ ।

सिन्धुली,को कमलामाई नगरपालिका-२ भद्रकाली मन्दिरस्थित सडकमा पनि बा.४ ख ६९६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा काठमाडौं महानगरपालिका-११ गोठाटार बस्ने ३८ वर्षीय मोहन महर्जनको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य १० जनाको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...