News Portal

काेराेना भाइरस नेपालमा पनि देखियो, सतर्क रहन स्वास्थ मन्त्रालयको आग्रह

हिमाली संचार संवाददाता
७५६ पटक

काठमाडौँ : कोरोना भाइरस नेपालमा पनि आइपुगेको भएको छ। चीनबाट आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको हो। चीनका विभिन्न शहरहरुमा व्यापक रुपमा फैलिएको यो अहिले नेपालमा पनि देखा परेको छ।

नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालका वरिष्ठ स्वास्थ्य प्रशासक सागर दाहाल लगायतको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनको क्रममा कोरोना भाइरस नेपाल आइपुगेको जानकारी गराइयो। अहिलेसम्म ३ जनामा कोरोना भाइरसको संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

चीनबाट नेपाल आएका १ विद्यार्थीको स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ भने कोरोना भाइरसकै संक्रमण भएका अन्य २ लाई सहित ३ जनालाई त्रिभुवन विमानस्थलमा राखिएकोे बताइएको छ।

चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षण विहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ” मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...