News Portal

टर्कीमा शक्तिशाली भूकम्प ६.८ म्याग्निच्यूडको भूकम्प, २० जनाको मृत्यु

हिमाली संचार संवाददाता
४६९ पटक

टर्की -टर्कीमा शक्तिशाली भूकम्प जाँदा करिब २० जनाको मृत्यु भएको छ। स्थानीय समयअनुसार शुक्रबार राति करिब ९ बजे ६.८ म्याग्निच्यूडको भूकम्प गएकोे समाचार एजेन्सी एएफपीले जनाएको छ।

टर्कीको पूर्वी प्रान्त इलाजिगमा केन्द्रविन्दु भएको भूकम्पले छिमेकी मुलुकहरु सिरिया, जर्जिया र अर्मेनियामा समेत प्रभावित पारेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । भूकप्ममा परी करिब १ हजारभन्दा बढी घाइते भएको एएफपीले जनाएको छ । ३० भन्दा बढी हराइरहेका छन्।

भूकम्पबाट बाच्न सफल  इलाजिग निवासी ४७ वर्षीय मेलाहट केनले एएफपीसँग भने–‘यो निकै डरलाग्दो थियो फर्निचरहरु हामीमाथी खस्न थाल्यो हामी बाहिर भाग्यौं’। टर्कीका राष्ट्रिपति रेसेप तईपले भूकम्पका कारण त्रास रहेको र प्रभावितलाई सहयोगका लागि सबै कदम चालिएको जानकारी दिए।

भूकम्पपछि उद्धार जारी रहेको छ । उद्धारकर्ताहरु भत्किएका भवनमा मान्छे चापिएको छन्। छैनन् खोजी रहेका छन् ।  चिसोबाट बच्नका लागि पीडितहरु सडकमा आगो बालेर तापिरेको एफपीका स्थानीय रिपोर्टरले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...