News Portal

सोनाम ल्होछार उद्घाटन गर्न राष्ट्रपति भण्डारीद्वारा अस्वीकार

हिमाली संचार संवाददाता
९३७ पटक

काठमाडौं – तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसरमा काठमाडौंमा हुने कार्यक्रममा रास्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख अतिथि हुन अस्वीकार गरेकी छन्।

२८५६ औं सोनाम ल्होछारको लोगोमा ‘ताम्सालिङ प्रदेशको नारा’ भएपछि राष्ट्रपति कार्यालयले आयोजकको निम्तोलाई अस्वीकार गरेको हो।

नेपाल तामाङ घेदुङको संयोजकत्वमा गठन भएको सोनाम ल्होछार मुल आयोजक समारोह समितिले तय गरेको नारा कारण कार्यक्रमको प्रमुख अतिथिको रुपमा राष्ट्रपति जाने कार्यक्रम अन्तिम अवस्थामा रद्द भएको आयोजकले जनाएको नागरिकखबरमा समाचार छ।

आयोजक समितिले ‘सोनाम ल्होछारको प्रवर्द्धन, हाम्रो सांस्कृतिक एकताको नारा ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक एकताको अभिभारा’ नारा तय गरेको छ।

नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले सोनाम ल्होछारमा पहिलोपटक राष्ट्रपति आउने तय भए पनि अन्तिम अवस्थामा राष्ट्रपति कार्यालयले रद्द गरेको बताए।

राष्ट्रपतिको सचिवालयले ताम्सालिङ स्वायत्तको नारा देखेपछि ल्होछारमा राष्ट्रपति जाने कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ।

राष्ट्रपतिले राजनीतिक नाराकै कारण पर्यटनमन्त्रीलाई समेत ताम्सालिङको नारा भएको सोनाम ल्होछार जान रोक लगाएको स्रोतले बताएको छ। यद्यपि, यसअघि राष्ट्रपति भण्डारी गुरुङहरुको तुम ल्होछारमा सहभागी भएकी थिइन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको निर्देशनमा नेकपा प्रदेश ३ संसदीय दलले प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको थियो। नेकपाको बहुमत रहेको प्रदेशसभाले केही साताअघि सोही नाम पास गरेको थियो।

प्रदेशको नामलाई लिएर आदिवासी जनजाति समुदायले असन्तुष्टि प्रकट गर्दै आएका छन्। उनीहरुले प्रदेशको नाम ताम्सालिङ, नेवाः आदि राख्न आग्रह गर्दै आइरहेका छन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...