News Portal

सोनाम ल्होछार उद्घाटन गर्न राष्ट्रपति भण्डारीद्वारा अस्वीकार

हिमाली संचार संवाददाता
८९४ पटक

काठमाडौं – तामाङ समुदायको महान् चाड सोनाम ल्होछारको अवसरमा काठमाडौंमा हुने कार्यक्रममा रास्ट्रपति विद्यादेवी भण्डारीले प्रमुख अतिथि हुन अस्वीकार गरेकी छन्।

२८५६ औं सोनाम ल्होछारको लोगोमा ‘ताम्सालिङ प्रदेशको नारा’ भएपछि राष्ट्रपति कार्यालयले आयोजकको निम्तोलाई अस्वीकार गरेको हो।

नेपाल तामाङ घेदुङको संयोजकत्वमा गठन भएको सोनाम ल्होछार मुल आयोजक समारोह समितिले तय गरेको नारा कारण कार्यक्रमको प्रमुख अतिथिको रुपमा राष्ट्रपति जाने कार्यक्रम अन्तिम अवस्थामा रद्द भएको आयोजकले जनाएको नागरिकखबरमा समाचार छ।

आयोजक समितिले ‘सोनाम ल्होछारको प्रवर्द्धन, हाम्रो सांस्कृतिक एकताको नारा ताम्सालिङ प्रदेशको स्थापना, हाम्रो राजनीतिक एकताको अभिभारा’ नारा तय गरेको छ।

नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोलेले सोनाम ल्होछारमा पहिलोपटक राष्ट्रपति आउने तय भए पनि अन्तिम अवस्थामा राष्ट्रपति कार्यालयले रद्द गरेको बताए।

राष्ट्रपतिको सचिवालयले ताम्सालिङ स्वायत्तको नारा देखेपछि ल्होछारमा राष्ट्रपति जाने कार्यक्रम स्थगित गरिएको उनको भनाइ छ।

राष्ट्रपतिले राजनीतिक नाराकै कारण पर्यटनमन्त्रीलाई समेत ताम्सालिङको नारा भएको सोनाम ल्होछार जान रोक लगाएको स्रोतले बताएको छ। यद्यपि, यसअघि राष्ट्रपति भण्डारी गुरुङहरुको तुम ल्होछारमा सहभागी भएकी थिइन्।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको निर्देशनमा नेकपा प्रदेश ३ संसदीय दलले प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको थियो। नेकपाको बहुमत रहेको प्रदेशसभाले केही साताअघि सोही नाम पास गरेको थियो।

प्रदेशको नामलाई लिएर आदिवासी जनजाति समुदायले असन्तुष्टि प्रकट गर्दै आएका छन्। उनीहरुले प्रदेशको नाम ताम्सालिङ, नेवाः आदि राख्न आग्रह गर्दै आइरहेका छन्।

प्रतिकृया दिनुहोस्

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा, निर्वाचन आयोगमाथि आरोप

काठमाडौं, ६ माघ – नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं सोमबार हाजिरी...

झापा–५ बाट ओलीको मनोनयन दर्ता

काठमाडौं, माघ ६ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट...

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...