News Portal

चीनमा फैलिएको कोरोना भाईरस : सजक रहन महावाणिज्यदूतावास हङकङको अनुरोध

हिमाली संचार संवाददाता
५८७ पटक

२३ जनवरी, २०२० हङकङ : चीनमा देखा परेको नयाँ भाइरस चीनको Wuhan प्रान्तबाट महामारीको रुपमा फैलिदै गरेको Wuhan Pneumonia Virus को संक्रमण हङकङ/मकाउमा समेत देखा परेको पुष्टि भएको छ।

यो समाचार स्थानीय पत्रपत्रिका साथै टेलिभिजहरुबाट प्रसारण भएसंगै नेपाली कन्सुलेट जनरल हङकङले कोरोना भाईरस अर्थात् Wuhan Pneumonia Virus को संक्रमण फैलिदै गरेकाले सम्बन्धित सबैलाई उच्च स्वास्थ्य सतर्कता अपनाउने सम्बन्धमा सूचना निकाल्दै हङकङ/मकाउका नेपाली समुदायहरुलाई थप सजक हुन अनुरोध गरेको छ।

जनवादी गणतन्त्र चीनको Wuhan बाट महामारीको रुपमा फैलिदै गरेको ‘कोरोना भाइरस’ अर्थात Wuhan Pneumonia Virus को संक्रमण हङकङ/मकाउमा समेत देखा परिसकेको उल्लेख गर्दै यस्तो महामारीको रुपमा फैलिदै गरेको Wuhan Pneumonia Virus को संक्रमणबाट आफु बच्न तथा अरुलाई समेत सजग गराउनका लागि अपनाउन पर्ने स्वास्थ्य सम्बन्धी ज्ञान, सूचना, सतर्कता र थप पूर्वसुरक्षाका लागि नजिकको स्वास्थ्य संस्था वा सम्बन्धित सरकारी निकायमा सम्पर्क राख्न अनुरोध गरेको छ।

यस सम्बन्धमा आधिकारिक निकायबाट प्रसारित आवश्यक सूचना सम्प्रेषणको लागि वा यस सम्बन्धी अन्य विविध उपाया अपनाउनका लागि सम्पूर्ण नेपाली समुदाय, नेपाली संचारकर्मी, स्वयम् सेवक ब्यक्ति वा संस्था लगायद नेपाली समुदाय समक्ष सूचना जारी गर्दै स्वास्थ्यमा कुनै गम्भीर समस्या परेको खण्डमा नेपाली महाबाणिज्यदूताबास हङकङले सिधा सम्पर्क गर्न समेत सम्बन्धित सबैलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...