News Portal

चीनमा फैलिएको कोरोना भाईरस : सजक रहन महावाणिज्यदूतावास हङकङको अनुरोध

हिमाली संचार संवाददाता
६४० पटक

२३ जनवरी, २०२० हङकङ : चीनमा देखा परेको नयाँ भाइरस चीनको Wuhan प्रान्तबाट महामारीको रुपमा फैलिदै गरेको Wuhan Pneumonia Virus को संक्रमण हङकङ/मकाउमा समेत देखा परेको पुष्टि भएको छ।

यो समाचार स्थानीय पत्रपत्रिका साथै टेलिभिजहरुबाट प्रसारण भएसंगै नेपाली कन्सुलेट जनरल हङकङले कोरोना भाईरस अर्थात् Wuhan Pneumonia Virus को संक्रमण फैलिदै गरेकाले सम्बन्धित सबैलाई उच्च स्वास्थ्य सतर्कता अपनाउने सम्बन्धमा सूचना निकाल्दै हङकङ/मकाउका नेपाली समुदायहरुलाई थप सजक हुन अनुरोध गरेको छ।

जनवादी गणतन्त्र चीनको Wuhan बाट महामारीको रुपमा फैलिदै गरेको ‘कोरोना भाइरस’ अर्थात Wuhan Pneumonia Virus को संक्रमण हङकङ/मकाउमा समेत देखा परिसकेको उल्लेख गर्दै यस्तो महामारीको रुपमा फैलिदै गरेको Wuhan Pneumonia Virus को संक्रमणबाट आफु बच्न तथा अरुलाई समेत सजग गराउनका लागि अपनाउन पर्ने स्वास्थ्य सम्बन्धी ज्ञान, सूचना, सतर्कता र थप पूर्वसुरक्षाका लागि नजिकको स्वास्थ्य संस्था वा सम्बन्धित सरकारी निकायमा सम्पर्क राख्न अनुरोध गरेको छ।

यस सम्बन्धमा आधिकारिक निकायबाट प्रसारित आवश्यक सूचना सम्प्रेषणको लागि वा यस सम्बन्धी अन्य विविध उपाया अपनाउनका लागि सम्पूर्ण नेपाली समुदाय, नेपाली संचारकर्मी, स्वयम् सेवक ब्यक्ति वा संस्था लगायद नेपाली समुदाय समक्ष सूचना जारी गर्दै स्वास्थ्यमा कुनै गम्भीर समस्या परेको खण्डमा नेपाली महाबाणिज्यदूताबास हङकङले सिधा सम्पर्क गर्न समेत सम्बन्धित सबैलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...