News Portal

धादिङ रेडक्रसका पदाधिकारीले भूकम्पका नाममा गरे ब्रम्हलुट

हिमाली संचार संवाददाता
५९७ पटक

काठमाडौं – भूकम्पका कारण १० हजार भन्दा बढी सर्वसाधरणले ज्यान गुमाए। लाखौँ जनता घरबार विहिन बने। भूकम्पपछि सहयोगका लागि नेपालमा धेरै विदेशी दातृ निकायले तदारुकता देखाए। नेपालमै रहेको नेपाल रेडक्रस सोसाइटीले पनि सहयोग नगरेको होइन। तर, नेपाल रेडक्रस पदाधिकारीले उक्त भूकम्पमा आएको राहत रकममा ब्रम्हलुट मच्चाए।

अध्यक्ष सञ्जीव थापासहितका उच्च अधिकारीलाई विभिन्न निकायले छानबीन समेत गर्यो। तर हालसम्म कानुनी कारबाही भने भएको छैन। रेडक्रसको जिल्लामा रहेका पदाधिकारीले सोही भूकम्पमा गरेको आर्थिक अनियमितताको विषय पनि राम्रै चर्चा भयो।

रेडक्रसको तथ्यांकअनुसार केन्द्रीय पदाधिकारीसहित भूकम्प प्रभावित ओखलढुङ्गा, रामेछाप, सिन्धुली, ललितपुर, भक्तपुर, काठमाण्डौं, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गोरखा, रसुवा, नुवाकोट, धादिङ, दोलखा र मकवानपुर जिल्लाका रेडक्रस भूकम्प प्रतिकार्य सञ्चालन समितिका ७० जना पदाधिकारी तथा सदस्यहरुले तलबलाई घुमाउरो पाराले मासिक अनोरियम भनेर लुट मच्चाएका थिए। उनीहरुले २०७२ असार २५ गतेको निर्णयबाट लुट नै मच्चाएका थिए।

उनीहरुले रेडक्रसबाट अनोरियम त बुझे तर कर भने बुझाएका थिएनन् । कर नबुझाएपछि जिल्ला प्रशासन कार्यालयले पत्र नै काटेको थियो । धेरै रकम बुझेर राज्यलाई कर भने नतिर्ने र लुट मच्चाउँदै आएका रेडक्रस धादिङका पदाधिकारीले चुनाव नजिकिएपछि करको रकम दाखिला गरेको खुलाशा भएको छ।

केही समय रेडक्रसको केन्द्रीय कोषाध्यक्ष समेत बनेका हाल धादिङ रेडक्रस सभापति सिताराम कोइरालाले सबैभन्दा धेरै अनियमितता गरेको रेडक्रस कर्मचारी बताउँछन्।

उनले आफूले गरेको अनिमितता बापतको कर दाखिला गरेको स्रोत बताउँछ। त्यस्ते उपसभापति नारायण तिमिल्सेना र कोषाध्यक्ष दुर्लभ कुमार तामाङले पनि कर बुझाएको बताइएको छ। आगामी माघ २४ गते आयोजना गरिएको जिल्ला रेडक्रसको वार्षिक साधारण सभाको मुखैमा आफू चोखो बन्न कर बुझाएको बताइएको छ।

स्रोतका अनुसार जिल्ला सभापति सिताराम कोइरालाले रु ५ लाख भन्दा बढी रकम बुझेका थिए । उनले कर कार्यालयमा ७५ हजार रुपैयाँ कर बुझाएका छन् । यसबाट हेर्दा उनले करिब साढे ६ लाख रुपैयाँ लिएकाे खुलस्त हुन्छ। एक प्रतिशत भने यसअघि नै बुझाएको कोइरालाले बताए।

त्यस्तै उपसभापति तिमिल्सेना र कोषाध्यक्ष दुर्लभकुमार तामाङले पनि सोही हाराहारीकै रकम बुझेका थिए। ‘मैले र कोषाध्यक्षले ६५ हजार ५ सय रुपैयाँका दरले कर बुझायौँ,’ तिमिल्सेनाले भने एक प्रतिशत अगाडी नै बुझाएका हौँ।’

करलाई आधार मानेर हिसाब किताब गर्दा करिब पाँच लाख रुपैया उनले आफ्नो गोजिमा हालेको स्पष्ट देखिन्छ। सभापति कोइरालाले आफूहरुले १५ प्रतिशत रकम बुझाएको बताए। उनले आफूले दाखिला गरेको रकम हेरेर मात्रै भन्न सक्ने बताए।

सभापति सिताराम कोइरालाले ३ जना सदस्य मनोनित गरेका छन्। जसमा एक जना महिला हुनुपर्ने विधानमै व्यवस्था छ। तर उनले विधानको धज्जी उडाउँदै ३ नै जना पुरुष सदस्य मनोनित गरेका थिए।

त्यति मात्रै होइन सभापति कोइराला र कोषाध्यक्ष दुर्लभ कुमार तामाङ २०७२ साल बैशाख १८ गतेदेखि आजको दिनसम्म रेडक्रस जिल्ला शाखा भवनमा नै दुवै जनाले अड्डा जमाएर बसेको छन्।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...